करारका कर्मचारी हट्दा बुढीगंगामा बन्द भए सात स्वास्थ्य संस्था
बाजुरा— बाजुराको बुढीगंगा नगरपालिकाले ठूलो संख्यामा करार र ज्यालादारीतर्फका कर्मचारीहरूलाई हटाएपछी सात स्वास्थ्यचाैकी बन्द भएका छन्। स्वास्थ्य क्षेत्रका ४६ जना कर्मचारी हटाउने निर्णय सगै सात स्वास्थ्य संस्था बन्द भएका हुन । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अम्कोट, मुसी, ताप्रा, डेल्टा, बाम्का, मोटाबाडा र सेलापाखा गरी सातवटा आधारभूत स्वास्थ्य केन्द्र र जुवापानी सामुदायिक स्वास्थ्य केन्द्र बन्द भएका […]