विद्यालय शिक्षा विधेयकलाई छलफल गर्न शिक्षा समितिलाई मन्त्रीको आग्रह
शिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक प्राथमिकतामा राखेर छलफल गराउन शिक्षा तथा स्वास्थ्य समितिलाई अनुरोध गरेकी छन् । मन्त्री श्रेष्ठले बिहीबार समितिलाई पत्राचार गर्दै विधेयक नेपालको विद्यालय शिक्षा, पाठ्यक्रम, परीक्षा सहितका विषयसँग सम्बन्धित भई मुलुकको विद्यालय शिक्षा प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र गुणस्तरीय बनाउने विषयसँग सम्बन्धित भएकोले यस्तो आग्रह गरेकी हुन् । ‘विद्यालय शिक्षा सम्बन्धी […]