बुढिनन्दाकाे संरक्षणका लागि मन्त्री पाण्डेलाइ पुजारीले बुझाए ध्यानाकर्षण पत्र
बाजुरा– बाजुराको उच्च हिमाली धार्मिक गन्तव्य बुढिनन्दा भगवती धामको संरक्षण, प्रवर्द्धन र मूल्यांकनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ध्यानाकर्षण पत्र पठाइएको छ। ४५८१ मिटरको उचाइमा रहेको बुढिनन्दा भगवती मन्दिर र यस वरपरका ९ भन्दा बढी उच्च हिम तालहरू जैविक, धार्मिक र पर्यटकीय दृष्टिले विशिष्ट मानिन्छन्। “जहाँ देवता बस्छन्, त्यहाँ राष्ट्र बस्नुपर्छ” भन्ने मूल […]