अन्याय अत्याचार देख्छु र गजल लेख्छु
अन्याय अत्याचार देख्छु र गजल लेख्छु, आफैले मन भित्र गरेको छलफल लेख्छु। एकान्तमा सोंच्छु समानता भनेको के हो, मष्तिकभित्र घुम्ने धेरै उथलपुथल लेख्छु। समाजभित्र छुवाछुत छदै छ बिभेद उस्तै, बुद्धिजिविलाई देख्छु वे-अक्कल लेख्छु। जनताहरूले को सङ्ग माग्ने हक हधिकार, त्यही सोच्छु दिनरात अनि पलपल लेख्छु। चार दशकबाट अन्यायकै बिरोध लडिरहें, कोई सुन्छ व़ा सुन्दैन बिचार […]