कविता: बाजुरा
बसेको छ बाजुरा यो, पर्वतको काखमा बनी मुटु नेपालको, स्वाभिमानका साथमा । हिमालको सिउँदोबाट, शीतल समिर छर्दै बग्दछ कर्णाली यहाँ, शान्ति, उदात्त भर्दै ।। चित्र बुन्दै सयौँ खोंच, नदी नाला र डाँडा बिचमै नागबेली बन्छ, बुढीगंगा जाँदा । बुढीनन्दा, नाटेश्वरी, मालिकाकी माई बढाउँछ श्रद्धाको भाव, आत्मा चेत आई ।। शौर्य, शान्त, प्रकृतिको, रंग भिन्न भिन्न […]