बडादसैँको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजाआराधना गरिँदै
बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजाआराधना गरि मनाइँदैछ । दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ ।चन्द्रघण्टालाई नवदुर्गा मध्ये एक देवीको स्वरुप मानिन्छ । दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौं दिन महागौरी […]