मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • राजनीति
  • शुभचिन्तकको म्यासेज रिप्लाई: प्रचण्डको आगमनमा हर्ष पनि थिएन र चोईटिदा विष्मात पनि छैन

शुभचिन्तकको म्यासेज रिप्लाई: प्रचण्डको आगमनमा हर्ष पनि थिएन र चोईटिदा विष्मात पनि छैन

  • शनिबार, पुस १८, २०७७
शुभचिन्तकको म्यासेज रिप्लाई: प्रचण्डको आगमनमा हर्ष पनि थिएन र चोईटिदा विष्मात पनि छैन

केही युवाहरु छन जो साच्चै नै देशका पक्षमा छन र शासकहरुको व्यवहारबाट विचलित छन। त्यस्ता केही साथीहरूले म प्रति बोकेको भरोसाको उच्च कदर गर्दछु। ति युवाहरुले दिने हरेक सुझावको शब्द शब्द केलाएर मनन गर्दछु र तपाईहरुको सुझावको सदैव प्रतिक्षामा रहनेनै छु। यस्तै सिलसिलामा एक जना साथीले लामै म्यासेज छोड्नु भएको रहेछ जसमा केही वाक्य प्रचण्ड समर्थक हूँ , तपाई बाट लोकतन्त्र के हो भनेर बुझ्ने आपेक्षा राखेको छु पनि भन्नु भएको रहेछ।

हिजो आज मेरो अध्यायन खुम्चिएको मैले महसूस गरेको छु। लोकतन्त्र एउटा प्रणाली हो, जन केन्द्रित शासन व्यवस्था हो। लोकतन्त्र एउटा साझा चौतारी हो, जहाँ मानिस भेला हुन्छन र उन्नत समाजको कल्पना गर्दछन्। लोकतन्त्र माइतिघरको सडकमा बसेर हामी यहाँ छौं भन्ने प्लेकार्ड बोकेर रट्ने शब्द अर्थात सिद्धान्त मात्र हैन यो भाव हो, शासनलाई जिवन्त बनाउने आधार हो, जसमा जनताको समान हैसियतमा सहभागिता र शासनको केन्द्र विन्दुमा जनता रहेको हुन पर्छ। लोकतन्त्रको मेरुदण्ड भनेको ताजा जनादेश अर्थात आम निर्वाचन नै हो। जुन निर्वाचन स्वच्छ र निस्पक्ष हुन पर्दछ, रेणु दाहाल जिताउन चितवनमा मतपत्र च्यातेर चुनाव जितेको दाबि गर्नु, रौतहटमा प्रचण्ड जिताउन बत्ती निभाएर मतपत्र साटफेर गरि चुनाव जितेको दाबी गर्नु, हजारौं मानिसको गला रेटेर, सिन्दुर पुछेर, ओठ निचोर्दा दुध आउने बच्चाहरुलाई तथा बृद्ध बृद्धाहरुलाई बेसाहारा बनाई सत्तामा पुग्नु, सेना समायोजनको नाममा तथा दण्ड पीडितका नाममा अरबौं रकम कुम्ल्याउनु यो लोकतन्त्र हैन र यसरी नेता कहिएका आतंककारीहरुले लोकतन्त्र उच्चारण गरेको सुहाउदैन पनि।

अझ महत्वपूर्ण कुरा त निर्वाचन हुनु मात्रैले लोकतन्त्र पूर्ण हुदैन, निर्वाचित जनप्रतिनिधीले आम जनताको आवश्यकता र अपेक्षा पुरा गर्ने दिशामा कतिको क्रियाशील छ त्यो महत्वपूर्ण हुन्छ। त्यसैले त तपाईलाई मेरो सरकार अझ बढी प्रजातान्त्रिक होस भन्ने लागेको हो नि हैन र ? ससंद विघटनको कुरा पनि छुनुभएको थियो। झण्डै दुईतिहाइको सरकार भनेर बाहिरबाट देखीयो तर सरकारको हात_खुट्टा कसरी बाधेका रैछन तपाईले प्रचण्ड लगाएत तपाईले ठानेका नेताहरुको कुण्ठाको पोखाई बाटनै महसूस गर्नु भएको होला। उनिहरु सरकार पार्टीलाई सहयोग गर्न हैन, कसरी असहयोग गरि नेतृत्वलाई असफल बनाउन सकिन्छ भनेर लागेका थिए त्यो गरे। प्रधानमन्त्रीको मृत्यु कुरेका थिए, त्यो सपना पुरा भएन। मानि लिऊ तपाईलाई कर्णालीमा हात खुट्टा बांधेर फालियो र तपाईलाई कर्णाली नदी पार गर्न भनियो भने तपाईले के गर्नु होला? मृत्यु वा आत्मसमर्पण वा अन्य केही विकल्प? ससंद विघटन यो मानेमा गरिएको हो कि , जसरी सरकारले काम गर्नु पर्ने हो, जुन गतिमा सरकारले काम गर्न पर्ने हो त्यो गतिमा काम गर्न दिइएन, झण्डै ६५ % जनमत भएको दलले आन्तरिक विवाद अर्थात केही व्यक्तिका व्यक्तिगत स्वार्थका कारण काम गर्न सकेन भने अरुले काम गर्न सक्ने कुरै छैन, र अर्को कुरा लाग्ला सत्ता हस्तान्तरण गरेको भए हुने नि तर प्रधानमन्त्री ज्यू ले भनिसक्नु भएको छ गलत व्यक्तिलाई सत्ता सुम्मपिनु भन्दा सत्ता जनतालाई सुम्पिन्छु भनेर नै अर्थात जनताले चाहे जसरी सरकारले काम गर्ने बाताबरण बनाउनलाई संसद विघटन गरियो। अब संसद गठन जनताले नै गर्नेछन। आम निर्वाचन मार्फत।

मानौं तपाई सिकार खेल्न जांदै गर्दा बाघले तपाईलाई झम्टदा तपाई आफू संगको हतियार प्रयोग गर्नुहुन्छ कि हुन्न? आफ्नै दलको नेता माथी अविश्वासको प्रस्ताव,१८/१९ पेजको आरोपपत्र, छुट्टा_छुट्टै गुठ भेला त्यो पनि दलको नेतालाई नै जानकारी छैन, यो कुन बिधी हो?? हिजो हतियार उठाउने, जनताको सर्वस्व हरण गर्ने, १७ हजार सर्वसाधारणको हत्या गर्ने र सत्तामा पुग्ने भनि कुन चाही संविधानमा लेखेको थियो र प्रचण्ड जंगल पसेका थिए, जस्लाई विधीको “वि ” मानेको इतिहास छैन, जस्ले लोकतन्त्रको पटक पटक धज्जि उडाएको छ उसैलाई लोकतन्त्रको हिमायती ठान्नु त तपाईले सिङ्ग नभएको गोरु देख्दा देख्दै त्यसलाई तिखे भनेजस्तो भएनर भन्या। पार्टी फुट्दा मुटु फुटेको महसूस भएको छ, मुटु चिरिएको महसूस भएको छ। तर प्रचण्डको आगमनमा हर्ष पनि थिएन र चोईटिदा विष्मात पनि छैन कुरो आफ्नै पुर्व एमाले साथीहरूको विभाजनको हो। समयले वुझाउने छ र म जस्तै तिनिहरु पनि प्रचण्डलाई नेता मानेर बस्न सक्ने छैनन्। पुर्व एमाले एक हुनेछन। चांडै नै पुर्व एमाले साथिहरु एकजुट होऊन् शुभेच्छा व्यक्त गर्दछु।

अनेरास्ववियू केन्द्रीय सदस्य
धर्मराज तिमिल्सीना

चर्चामा

सम्बन्धित समाचार