बाजुरा– व्यक्तिगत स्वार्थ, अहंकार, पदलोलुपता, एकले अर्कोलाई नस्वीकार्ने वरु जसरी पनि सिद्धायर अगाडी वढ्ने दुई जनाको व्यक्तिगत विवाद र हटका कारण सिङ्गो देश, जनता, पार्टि संगठन, कार्यकर्ता लाई एकपटक पनि विचार नगरी यो हद सम्म को दुर्घटनामा आईपुग्नु भनेको आफ्नै खुट्टामा वन्चरो प्रहार गरी आउ मलाई वचाउ भन्नु वाहेक केही पनि होईन ।
टेम्पो हो र एक जनाले मात्रै चलाउनलाई यो त जेट हो यसमा दुईजना पाईलट चाहिन्छ भनेको ओलीको भाषण अहिले पनि कानमा गुञ्जिरहेको छ तर दुई पाईलटले नै जेट लगेर ठुलो पहाडमा ठोके पछी विचरा पछाडी वसेका यात्रुहरुलाई राम राम भन्दै मृत्युलाई स्वीकार्नु वाहेक कुनै विकल्प देखियन । कसैको पक्ष वा विपक्षमा उभिनु, अनि ठिक र वेठीक छुट्याउनुको कुनै तुक छैन यतिवेला किनकी दुवै पक्षका आ आफ्ना कमी कमजोरी रहेको कुरा प्रष्ट नै छ ।
जनताले देशमा राजनीतिक स्थायीत्वका माध्यमवाट समृद्धिको अपेक्षा गर्दै सवै भन्दा वढी भरोसा गरेर नेकपालाई करिव दुई तिहाईको जनादेश दिएका हुन् । त्यसको अधिकतम उपयोग गरी देशको विकासका माध्यमवाट सामाजवादको आधार तयार गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई सफल वनाउनु पर्नेमा म भए ठिक म नभए सवै वेठिक भन्ने मान्यताका आधारमा यति सुनौलो अवसरलाई लात मार्दै देशलाई अस्थिरता र अन्यौलता तर्फ धकेल्नु कुनै पनि हालतमा क्षमायोग्य कदम हुनै सक्दैन ।
पानी माथिको ओभानो वन्ने कुचेष्टा गरेर नेपाली कम्युनिष्ट आन्दोलनलाई सिद्धयाउने छुट कसैलाई पनि छैन । आफ्नै पार्टिको एउटा धार प्रतिपक्षकोरुपमा अभिनु, २ वर्ष पुग्ने वित्तिकै पद र कुर्सिका लागी दौडधुप शुरु गर्नु, सरकारलाई एक किसिमको घेरावन्दीमा राखेर असफल वनाउन खोज्नु, पार्टिमा आफुलाई श्री ५ वा सर्वेसर्वा हुँ भन्ठान्नु, आफ्नो स्वार्थ पुरा हुने भए विधि पद्धतिका कुरा गर्ने नहुने भए सहमतीका कुरा गर्नु, आफंनै पार्टिको दुई तिहाइको सरकारका विरुद्धमा अविश्वासको प्रस्ताव तयार गरिनु, एकले अर्कोलाई देखाईदिने र ठिक पार्ने प्रवृत्तिको विकास गरिनु, प्रधान्मन्त्री पद धरापमा परेपछि कि तँ छैन कि म छैन भन्ने उदेश्यका साथ सार्वभौम संसद विघटन गरि नेपाली कम्युनिष्ट आन्दोलनलाई सदाका लागी खाडलमा जाकेर देशलाई अस्थिरताको वाटोमा प्रवेस गराउने र लाखौ कार्यकर्ताको वलिदानीलाई आफ्नो पदसँग सौदावाजी गर्ने यी सवै हर्कतहरु देश, जनता र पार्टीको हितका लागी गरिएका कर्म हैनन् यी त केवल व्यक्तिगत महत्वकाँक्षा भित्रका दाउपेज, निकृष्ट र घृणीत कुकर्म हुन् ।
यहाँ कसैलाई देवत्वकरण र दानवीकरण गर्नुको तुक छैन किनकि आजको यो परिस्थिति आउनुमा दुवै पक्ष अझ त्यसमा पनि दुवै व्यक्ति उत्तिकै दोषि र कार्वाहीका भागेदार हुन् राष्ट्रिय राजनीतिका विषयमा यत्ति नै भनौं । हिजो एउटै मोर्चामा कमरेड भनेर लालसलाम ठोक्ने नेता कार्यकर्ताहरु आज एकाएक सडकमा मुडभेडको स्थितिमा आउनुपर्ने अवस्था कसरी सृजना भयो । रातारात एउटा कमरेड कसरी दुस्मनमा परिणत भयो, अनि कसरी एउटा पक्ष खाँटि कम्युनिष्ट अनि अर्को पक्ष दलाल र भ्रष्ट भयो । के अहिले विकसित घटनाक्रम र कार्यकर्ताका अभिव्यक्ति पार्टि संगठन, देश र जनाताको हितका लागी भईरहेका छन् ।
अव हुने हार वा जितले कसलाई फाईदा पुग्छ , अहिलेको अल्पमत वा वहुमतले के लछारपाटो लाउँछ, सामाजिक संजाल र सडकमा देखिने तडकभडकले दुनियाँ हाँस्ने वाटो वाहेक के नै पो भएको छ र ? दुई जनाको व्यक्तिगत टकरावका कारण लाखौ कार्यकर्तामा आएको विभाजन र दुस्मनीको परिमाण के हुन्छ र कसले जिम्मा लिन्छ ? यी सवै विकसित घटनाक्रमले कानुनी भाषामा भन्दा कसैको हार वा जित त होला तर दिर्घकालीनरुपमा समग्र कम्युनिष्ट आन्दोलन, सिङ्गो पार्टी, देश र जनातको हार हुनेछ भने देशको समृद्धि चाहने एउटा गरिव नेपालीको पनि हार हुनेछ । यी सवैको हार हुँदै गर्दा कसरी तपाँईका दुई जना नेताको जित हुन्छ अनि कसरी मेरो नेता जिन्दावाद भन्न सक्नुहुन्छ ।
बाजुरा जिल्लाको सन्दर्भमा २०४६ साल देखि अहिले सम्म हिसाव गर्दा नेपाली काँग्रेसको मत एकनाशले वढेको छ घटेको छैन तर हाम्रो भने एकजुट हुँदा जितको सुनिश्चताता हुने अलिकति पनि असहयोग र फुट हुँदा हारको स्थिति सामना गर्नुपर्ने अवस्था सवैलाई जानकारी नै छ । हामीमा फूट आउने वित्तिकै मतका हिसावले पछिल्ला विकसित घटनाक्रम कार्यकर्ताको मनोविज्ञान र समग्र प्रतिकुल अवस्थाका कारण संघ र प्रदेस दुवैमा हाम्रो हार निश्चित छ । त्यसपछी स्थानिय तहको कुरा गरौं यसमा राम्रै मिलेर गएको अवस्थामा समेत ६ वटामा हार भयो अवको परिस्थितिमा ति ६ वटा पालिकामा त हार निश्चित नै छ भने वाँकि ३ पालीकामा पनि केन्द्रिय राजनीतिको विभाजनको रेखा प्तयेक कम्युनिष्ट कार्यकर्ताको घरमा आइपुग्दा गौमुल वाहेक दुवै पालीकामा हार व्यहोर्नु पर्नेछ ।
हुनत रारजनीतिमा हार जित भईरहने सामान्य कुरा हो तर पनि अहिलेको स्थानिय तहको चुनावको हारको परिणामले सामान्य जनताले आफ्नो आस्थाकै कारण कति विभेद र सास्ति खेप्नु परेको छ भन्ने कुरा तपाँई हामी सम्म सुचना पुगेको होला र महसुस पनि भएकै होला यसै गरी आगामी निर्वाचनमा हाम्रो फूटकै कारण सवै स्थानिय तहमा हार व्यहोर्नु पर्यो भने कसरी जोगाउनु हुन्छ कसरी संरक्षण गर्नुहुन्छ ति ईमान्दार कार्यकर्तालाई अनि तपाँईको टुटेको र फुटेको संगठनलाई । राज्यको स्रोतवाँडफाँडलाई कसरी पुर्याउनु हुन्छ ति निरिह जनताको कुलो, धारो र खेतमा । दुई तिहाईको सरकार संघ प्रदेस र जिल्ला कव्जाको स्थितिमा हुँदाहुँदै पनि स्थानिय तहको हारका कारण कति सास्ति खेप्नु परेको छ भने सवै फुत्किए पछिको अवस्था कस्तो होला एकपटक सवैले मनन् गरौं किनकि आजको यो अवस्थामा आईपुग्न बाजुराको कम्युनिष्ट आन्दोलनले धेरै त्याग र वलिदानी गर्नुपरेको हो जुन सधैका लागी फेरी गुम्ने स्थितिमा आएको छ ।
फेरी त्यसलाई पुरानो अवस्थामा ल्याउन कति हण्डर खानु पर्ला आफै विचार गर्नुहोस । अव अहिले पनि सम्भावना छ पार्टि एकताको किनकि सिमा पारीको देश चिनले त पार्टी मिलाउन अनेकौ प्रयास गरिरहेको छ भने हामी भने वडो आनन्दका साथ आगोमा घिउ थपिरहेका छौं अनि सामाजिक संजालमा एकअर्कोका भए नभएका कुराहरुलाई अतिरञ्जित गरि व्यापक प्रचार प्रसारमा लागि रहेका छौं । सचिवालयले दुई जनाको घाँटि समातेर निकाल्न सक्नुपर्थ्यो त्यसो हुन सकेन अनि स्थायी समिति एकजुट भएर दुवै प्रवृत्तिका विरुद्ध उभिनुको सट्टा गुटमा विभाजित हुन पुग्यो भने केन्द्रिय कमिटि त साँछी वस्न र हस्ताक्षर गर्न मात्र वोलाईएको हो उनिहरुको कुनै भुमिका नै देखिएन तथापी पार्टि एकताको पक्षमा उभिनुपर्थ्यो त्यसो हुन सकेन र यो दुर्घटनाको अवस्था आयो ।
मर्नै परे पनि राम राम भनेर तुलसी र सुन पानी मुखमा परेर मर्नुको मजा वेग्लै हुन्छ त्यसैले वाजुरामा पनि केन्द्रिय नेत्तृत्व वाहेक पछिल्लो युवा पार्टि नेत्तृत्व पंति किन एकताको पक्षमा उभिएर वहस र छलफल गर्दैन ? के हामी सवै कम्युनिष्ट कार्यकर्ता नभई हनुमान भईसकेका हौं र? के हामीमा कम्युनिष्ट संगठन भन्दा व्यक्तिको माया लाग्न थालेको हो र ? यदि हो भने त हाम्रो भन्नु केही छैन हैन भने आउनुहोस जिल्लामा एकता भेला गरेर एकताको पक्षमा दुवै पक्षका गल्तिहरुलाई कोड गरी विज्ञप्ति निकाल्नुहोस र एकता अभियान शुरु गर्नुहोस दवाद दिनुहोस अन्तमा केही भएन भने वरु आ आफ्नो मन परेको प्राईभेट लिमिटेडको सेयर किन्न पट्टि लाग्नुहोला ।
हुन त अव हाईपोथेटिकल कुरा जस्तो लाग्ला लागे पनि सक्नुहुन्छ भने वाजुराको कम्युनिष्ट आन्दोलनलाई फुटको अवस्थावाट जोगाउनुहोस जो जता लागेपनि सल्लाहका साथ एउटै धारमा सहभागी हुनुहोस यसवाट राष्टिय राजनीतिमा त केही फरक नपरे पनि जिल्लाको अवस्थामा हामी कमजोर हुने छैनौं र जिल्लालाई काङ्ग्रेसको कव्जामा जान नदिई पार्टि संगठन कम्युनिष्ट आन्दोलन र सुभेच्छुक कार्यकर्तालाई जोगाउन सकिने सम्भावना छ हैन भने त रामराम भन्नु वाहेक कुनै विकल्प देखिदैन ।
म अझै पनि पार्टि एकताको पक्षमा छु नभए बाजुराको एकताको पक्षमा छु त्यसो पनि हुन सकेन भने ओली र प्रचण्डको कार्यकर्ता हुनु भन्दा एउटा स्वतन्त्र कम्युनिष्ट कार्यकर्ता भएर वस्नुनै उपयुक्त हुनेछ । यहि क्रियाकलाप र प्रवृति यथावत कायम रहेमा ओली एण्ड प्रचण्ड कम्पनि प्राईभेट लिमिटेड आ आफ्ना व्यापार हुन, यिनिहरु कम्युनिष्ट आन्दोलनको मुल धार हुन सक्दैनन् भन्ने मेरो मान्यता रहेको छ । विचरा कार्ल माक्स, लेलिन र माओले नेपाली कम्युनिष्टको रक्षा गरुन् ।यो भन्दा दुर्दशा भोग्नु नपरोस नेपाली कम्युनिष्ट कार्यकर्ताले । शुभकामना ।