शोसक फटाहाका बिरुद्धमा जनचेतना जगाउँने उदेश्यले मन,शंख,र सेते केहिदिनको किसान संघ गठनको अभियानमा थिए।त्यसैता किसान संघले एकमैने देश ब्यापि कार्याक्रम झारेको थियो।तर सिगो साबिक गाबिसमा यिनै तिन जना त्यो बेला कामै छाडेर हिँड्थे।उनिहरुको टिम मा लिडर मन क्षेत्री थिए,उनि एकजना निडर ब्याक्ति थिए,भनौ यो टिममा तिनैजना निडर ब्याक्ति हुँन।एउटा जनजाती आर्को बाहुँन तिनै जना फरक जातिका हुँन,तर उनिहरुको बिच एकता बे-मिसाल थियो।
ग्रज्याङ एउटा सानु गाउँ थियो जो जङ्गलको माझमा स्थित थियो।सानो गाउँमा प्रतेक घरका युवाहरु छिमेकी मुलुकमा काम खोज्न गएकाथिए।गाउँमा बुढा बुढी महिला र बाल बालिका मात्रै थिए।बर्षमा एक पटक दसै तिहारको बेलामा भने गाउँ भरीलो हुन्थ्यो।पुश मागको चिसो बनको माझमा भयको उक्त गाउँमा मनको कुनै एकजना ब्याक्ति सँग सम्प्रक रैछ।
आज तिन जनाको यो टिम त्यहि गाउँमा पुग्छ,त्यँहाका गरिब किसानहरुले गाई बाख्रा पालेका थिए।प्रतेक घरमा बाख्राको खोरहरु थिए।सेतेहरु त्यो गाउँमा झमक्कै साँझ परेपछि पुगे उनिहरुको बिचार थियो आजको रात यतै कलास चलाउँने र एउटा किसानहरुको गाउँ कमिटी बनाउँने।
जब उनिहरु त्यो गाउँमा पुगे फेराको घरमा धेरै मान्छे जुटेको देखेर सबै फुरुक्कै परेका थिए।किन कि मनले आज यँहा आउँने भनेर तिन दिन पहिलेई सुचना दिएका थिए।
त्यँहा बोलाएकै भयर अन्तको कार्याक्रम पछि गर्ने भन्दै पहिले यँहा आएका हुँन।तिनै जनालाई त्यँहा मान्छेहरु जुटेको देख्दा खुसि लाग्नु स्वभाबिक पनि थियो।उनिहरु जुन घरमा बोलाएका थिए त्यँहा पुग्दा घरमा एउटी बुढि बजै,अनि त्यो केटा की श्रिमती,र स-साना तिन चार भैना छोरा छोरी अगेनामा आगो तापेर बसेका थिए।को हुँनुहुन्छ घरमा?भन्दै मनहरु घरको दलानमा पस्छन।हेर्न जा तो को आयो बाहिर?बुढीले बुहारीलाई भन्छिन बुहारी बाहिर आएर हेरेर नबोली भित्र फर्किदै !म ता चिन्दिन बजै हेर्नुश आफै!भन्छिन।कोहौ र?यँहा छोरा मान्छे नभाको घरमा बास मिल्दैन!बुढीले भित्रै बाट भन्छिन।होईन बोई हामि हौ म मन हुँ क्या!चिन्नु भैन र?मनले भनेपछि बुढी बाहिर दलानमा आउँछिन।
ओहो बाबु पो रैछन भन्दै एउटा गुन्द्रि बिछाई दिन्छिन।बाबु बल्ल आयौ छोरा ट गैलो लाहूर!भन्दै बुढी खितिति हाँस्छिन।त्यँहाको बोली त्यस्तै थियो त्यो स्यानो गाउँमा त्यो बेला जनजाती र दलित जातिहरु बस्थे।स-साना गोठे घर कोई चार पाखे एकताले घरहरु थिए।यँहा भित्र
अगेनामा भतभती सानु कसौँडीमा आटो पाक्दै थियो।एउटा कराईमा तरकारी पाकि सकेको थियो।चिसोको मौसम भयकोले रात पनि छिटै पर्थ्यो,सेते, मन,र शंख तिन जना बाहिर दलानमा बसेका थिए।बुढी बर्किमा केहि लुकाए झैँ गरेर भाईर निस्किन थाल्दा मनले आमा कता जान थाल्नु भयो?अनि भाई कहिले जानु भयो र ईण्डिया ?भन्दै प्रश्न गर्छन म कई जान्न मुन्तिर घरमा गएर आउँछु।भन्दै निक्लिन थाल्छिन साहिद उन्ले एउटा भाँडो बर्का भित्र लुकाएको देख्दा कतै चामल पैँचो गर्न गएको जस्तै महेशुर्स भयपछि मनले सोधेका थिए।
आमा हामि पाहुँना होईनौ घरका मान्छे हौँ हाम्रो लागि केहि दुःख नगर्नु होला!भन्दै मनले संझाउँछन।छोराले हामिलाई बोलाएर आफु ईण्डिया गैजानु भयछ?हो बा गैईयो हामिलाई पनि पहिले भनिन एकै साटो मता भोली गयलछु भन्यो हिँडिगो हिँजै ता गएको हो त्यो।उन्ले भन्छिन।
आज तल दुई घरका सातौटा बाख्रा हराए डुईटा भरी बाघले दारेर फालेको फेला पारेछन पाँचौटा कता लग्यो कता थाहा भैन।त्यसैको मासु ल्याएकाछौ घरमा चामल रैनछ तल्तिर बाट पैँचो ल्याउँछु बाबु बस है!उन्ले यथार्त कुरा न लुकाई भनिन र भाईर निश्किनै थालेकी थिईन।मनले होईन आमा हामिले त भात होईन आज हजूरका घर जे पाकेकोछ त्यहि खान्छौ भन्दै बुढिलाई फर्काउँछन।
उनिहरुको घरमा आटो पनि रैनछ एक पाथि मकै बेसाएर पिसेका रैछन।
गरिबहरुको त्यो दुरदशालाई कस्ले बुझ्न सक्थ्यो।फेरी पनि साँझमा आएको पाहुँनालाई भोको राख्न उनको मनले मानेन।त्यो पाकेको आटो सबैले थोरै थोरै बाँडेर खाए माशु भने एउटा कराई भरी थियो।सबैले एक एक दुना मासु खाए।
ति तल घरमा जुटेका मान्छेहरु आ-आफ्ना घरमा गए र फेरी फरकिएनन।चार जना बुढाहरु त्यो तलको घरमा तास खेल्न बसे उनिहरु पनि आएनन,महिँलाहरु पनि रातिमा जुटेनन।यँहा पाकेको आटो र मासु खाएर भाईर दलानमा तिनै जाना अलि बेर बसे।एकछिन पछि बुढीले भित्रबाट एउटा पुरानो जमानको कम्बल ल्याएर दिईन।जो बिच बिचमा प्वाल परेको थियो।
त्यो रात सेते,मन र शंख,लाई त्यो कम्बल ताना तान गरेर बित्यो निन्द्र लागेन।गरिबको आयु कसरी कम हुँन्छ र धनीहरु कसरि लामू समय सम्म बाँच्दा रैछन भन्ने बारे यसरी पनि अनुमान लगाउँन सकिन्छ।मनले बिहानै बिस्तरामा उठेर गन गन गर्दै भन्छन।माओका केहि उखान हाल्छन।रातिपनि अबेरा सम्म मन क्षेत्रिले का.माओको जिवनी बारे भन्दै।कसैको घरमा बासा बसेपछि बिहानै उठेर बिस्तरा पटाउँने,कसैको समान बल जब्ति न लग्ने जनता सँग नेताको नङ र मासुको सम्बन्ध हुँनु पर्ने लगायतका थुप्रै कथाहालेर त्यसैको रापमा रात काटेका थिए।
राति धेरै दुःख त भयन बाबु बुढीले कालो चिया टकार्दै भनिन।भैन हजूले कति दुखगर्नु भयो हाम्रो लागि मनले आफ्नो मिठोवाणीले उन्को सत्कारको सम्मान गरे।एकछिन पछि त्यो ग्रज्याङ गाउँ बाट केहि अनुभव बटुलेर आर्को गाउँ तिर लाग्छन।२०-१२-२०२०,(कथा काल्पनिक हो यसका पात्र स्थान सबै कालपनिक हुँन कसैको निजि जिवन सँग मेल खायो भने सञ्जोग मात्रै हुँनेछ।)