भुटानको आज ११३औं राष्ट्रिय दिवस हो। भुटानमा प्रजातान्त्रिक संविधान सन् २००८ मा जारी भएपछि अहिले तेश्रो जननिर्वाचित सरकार छ। सबै सरकार पूर्ण कार्यकाल चल्दै आएका छन्। थिन्ले पहिलो प्रम, ई डा तोब्गे दोश्रो प्रम र अहिले चिकित्सक डा लोटे तेश्रो प्रम छन्।
भुटान र नेपालबीचको संविधानमा समेत उल्लेखित भिन्नता के के छन्, हेरौँ-
१. ६५ वर्ष नाघेकाहरू राजनीतिबाट रिटायर हुनुपर्छ ।
२. ग्रेजुअट नपढेका सांसद हुन पाउदैनन् ।
३. राजाउपर महाअभियोग लगाउने अधिकार संसदलाई छ ।
४. राजा पनि ६५ वर्ष पछि रिटायर हुनुपर्छ ।
५. दुई दलीय राज्य व्यवस्था छ ।
६. दल फुटाउन वा परिवर्तन गर्न पाईदैन ।
७. दुरूस्त सशक्त राज्यका संवैधानिक अंग छन् ।
८. विश्वकै दोश्रो सानो संविधान छ ।
९. संविधानमा मुलुकको फरेस्ट कभर ६०% भन्दा बढी हुनुपर्ने उल्लेख छ । हाल ७०% छ।
१०. संविधानमा एउटा पूरा धारा अध्यात्ममा छ ।
११. एउटा पूरा धारा संस्कृतिमा छ ।
१२. राज्यधर्म बज्रयान बुद्धिज्म भएको एक मात्र देश ।
१३. सांसद हुन विगतमा कुनै क्रिमिनल रेकर्ड नभएको हुनुपर्छ।
१४. जनताले नचाहदा नचाहदै पनि राजाले नै जनतालाई सम्झाई बुझाई गरेर प्रजातान्त्रिक संविधान २००८ लागू गरिएको देश ।
१५. मन्त्रालय र मन्त्रीको संख्या ११ जना तोकिएको देश ।
१६. कार्वन न्युट्रल र कूल राष्ट्रिय खुशियाली मूल नीति कायम गरी सोही आधारमा सबै नीति योजना र शासन व्यवस्थाको मापन र मूल्यांकन गर्ने संयन्त्र बनेको मुलुक ।
१७. टेक्नोक्रेट र पेशाविदहरू सांसद र मन्त्री रहेको मुलुक ।
१८. विश्वमा व्याप्त लोकतान्त्रिक विकृतिलाई भुटान छिर्न नदिने संबैधानिक र कानुनी व्यवस्था भएको देश ।
१९. विदेशीहरूको हस्तक्षेपलाई र आफ्नो मौलिकतालाई संरक्षण गर्नमा पूरा नियन्त्रण हुने गरी हरउपाय गरिएको देश ।
२०. प्रधानमन्त्रीको कार्यकाल बढीमा २ पटक हुने देश ।
२१. सरकारले कार्यकाल पूरा गर्न पाउने देश, कुनै राजनीतिक अस्थिरताको चिन्ता गर्न नपर्ने।
२२. सबै नेशनल रिजर्भ पार्कलाई एकआपसमा जोडेर वन्यजन्तु जुनठाउँबाट जता जान पनि मिल्ने गरी करिडर पूर्वाधार बनाइएको ।
२३. अन्तर्राष्ट्रिय ईस्युमा आफ्नो स्वतन्त्र धारणा र मत दिने देश ।
२४. शिक्षा (उच्चशिक्षासमेत) र स्वास्थ्य सबै नि:शुल्क छ ।
२५. प्लाष्टिक र सुर्तिमुक्त छ ।
२६. ग्रीन अर्थतन्त्र छ ।
२७. संसदमा पक्ष विपक्ष दलका अलग्गै बेन्चसीट हुदैन, निर्वाचन क्षेत्र क्रसं बमोजिम सीट रहन्छ ।
२८. निर्वाचन खर्च राज्यले नै बेहोर्छ , आफूखुशी पैसा बगाएर मतदातालाई जॉडरक्सी मासुभात खुवाउन र व्यापारी कर्मचारीबाट उठाएर भ्रष्टाचार गरेको पैसा दुरूपयोग गर्न पाईदैन ।
२९. भुटानको प्रतिव्यक्ति आय ३,००० डलर भन्दा माथि छ।
३०. भुटान विश्वकै अति कम भ्रष्ट र नेपाल विश्वमा अति बढी भ्रष्ट।
३१. भुटानमा प्रजातन्त्र आएको १२ वर्ष पुगेको छ। नेपालमा भने दुई चोटी प्रम आयो र ३० वर्ष मात्र पुगेको छ । राजनीति अस्थिरताको भुमरीमा नेपाल फँसेको ७० वर्ष पुगिसक्यो तर भुटान ढुक्कसंग अगाडी बढेको छ। भिम उपाध्यायकाे फेशबुकबाट शाभार