आजको एक्काईसौ सताब्दि वा यान्त्रिक युगमा पनि नेपालीहरु भोक भोकै बस्नु पर्ने जिउ राम्ररी ढाक्न एक सरो लुगा लगाउन नपाउने स्थित रहेको छ । बिरामी हुदा सिटामोल पनि नपाउने स्थीती तथा आधारभूत्त आबश्यकता पनि पुरा गर्न नसक्ने अबस्थामा पोषण यूक्त खाना र गुणस्तरिय जिवनको त परिकल्पना पनि गर्न सकिन्ने अबस्था छैन् ।
प्रचुर सम्भावना बोकेको हिमाल, पहाड र तराईमा फैलिएको जल, जंगल र जमीनको राम्रो सम्भावना भएको हाम्रो नेपाल हो । बिबिध धार्मिक तथा सास्कृति सभ्यता बोकेको मन्दिर चैत्य गुम्बा र बिहार रहेको छ । बिश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको बिश्व भर छरिएर रहेका बौद्ध धर्मावालम्बीहरुको गन्तब्य स्थान बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै रहेको छ ।
बिबिध खालको जलबायू हिमालमा पाईने डाँफे मूनाल र मधेसमा पाईने मयूर बस्ने स्थलको बिचको दुरी धेरै छैन । नेपालको आज यो स्थिती हुनुमा केवल भुपरिबेष्ठित देश भएका कारण १ सय ३ बर्षे जहानीय राणशासन ३० बर्षे पञ्चायती ब्यबस्थातिर मात्र औला तेस्र्याएर पुग्दैन । २०४६ साल पछिको प्रजातन्त्र पछिका मुठिभर सासकहरु १० बर्षे जवयुद्धका नाईकेहरुलाई जो हिजो हातीछाप चप्पल पड्काउदै काठमाण्डौँ छिरेका स्वाघोषित जनप्रियहरु आज दैनीक जसो गाडी फेरेर हिड्ने आलिसाल महलमा बिराजमान हुने गरेको पाईन्छ ।
राष्ट्रियता र समृद्धिको नाराले सत्ताको भ¥याङ्ग चढ्न सफल भएकाहरुको सम्पति लुकाउन हम्मे हम्मे परिरहेको बेला जनता बेहाल अबस्थामा रहिरहेका छन् । अब समृद्धी आउन अहिलेसम्म सासन गरिरहेका नेता र तिनका आसेपासेको सम्पति छानबिन हुन जरुरी छ । देशलाई अनिकालको भूमरीमा फसाई आफु दिन दोगुना रात चौगुना मालामाल गर्ने नेताको कारर्बाही जनस्तरबाट हुन जरुरी छ ।
देशको बिकास हुन र नेताको सहि मुल्याङ्कन गर्न जनतालाई बिभिन्न पाटिमा प्र्रबेश गराई फुल माला र खादाको स्वागत कार्य बन्द गरि जनतालाई जनता नै रहन दिनु पर्छ । यदि सबै जनतालाई कुनै न कुनै पाटिमा आबद्ध गराउने हो भने राजनिति कार्यको राम्रो कामको तारिफ र गलत कामको बिरोध गर्ने जनता नै भेटिदैनन् । सत्तामा रहेको दलको बुझाईमा प्रतिपक्ष भनेको बिरोध मात्र गर्ने हो । बिरोध गर्ने जति सबै प्रति पक्ष हुन भनि बुझ्दछन ।
सत्तापक्षका जनताहरु सत्ताले गलत गर्दानी काधमा काध र हातमा हात मिलाई चाकडीमा लिप्त रहन्छन् । प्रतिपक्षमा रहने दलले नि सत्ता पक्षको सहि कामको साथ र गलत कामको खवरदारी गर्न छोडी प्रतिपक्ष भनेकै बिरोध गर्ने हो भन्ने बुझ्दछन् । करिब साढे तिन करोठ जनतानै सत्ता पक्ष वा प्रतिपक्षमा बिभक्त हुदा राजनिति कर्मीको सहिकाममा ताली र गलत काममा खबरदारी गर्ने जनता रहदैन् । यदि कसैले गलत गरेकोलाई नि निकटताका कारण सहि देख्ने र अर्कोले सहि काम गर्दानी गलत देखि रहने हो भने देश बिकासमा भएका खराव र राम्रा कामको मुल्याङ्कन कस्ले र कहिले गर्ने त्यसैले नेता निश्चल, निश्कपट स्वच्छाचारी र तानासाह बन्न पाउदैन सधै जनतासंग डराई रहन्छ ।
नेपालमा ठिक त्यसको उल्टो छ । सत्तामा बस्दा बिकासको नाममा सिनको नभाच्ने नेतानी चुनावमा दलबलका साथ आएर जनतालाई डर धम्की र धरपकट गरी पुन चुनाव जिल्नु पर्ने देशमा रहेका शिक्षक कमचारी बुद्धिजीबी प्राध्यापक कानून ब्यबसायी पत्रकार कार्मचारीहरु नि सहि र गलत नछुट्याई फट्के किनाराका साच्छिका रुपमा रहेको पाईयो ? हिजो भन्ने सुनिन्थ्यो कलिलै प्रजातन्त्र कित अझै नि कलिलै छ । कति बर्षमा प्रजातन्त्र परिपक्क हुन्छ ? सधै प्रजातन्त्रका अवगुण मात्र लागु हुने हो भने गुण कहिले लागु हुने हो ? नेता जनतालाई मालिक कहिले सम्झिने यी सबै प्रश्नको उत्तर जनता जनतानै रनुहोस् ।