नन्दा थापा — बडिमालिका नगरपालिका ९ की माया विकको बारीमा यतिखेर लटरम्म टमाटर फलेका छन् । टमाटर मात्र होईन, बारीको छेउमा विभिन्न प्रजातिका फुलहरु पनि फल्ने तरखरमा छन् । यसै वर्ष काक्रा खेतीबाट २० आम्दानी गरिसकेकी विकको तरकारी गर्ने, कृषिबाटै आत्मनिर्भर बन्ने पेसा, मुख्य पेसा होईन । उनको पख्र्यौली पेसा आरन गर्ने हो । त्यो पेसा उनका श्रीमानले अगालेनन् । विगत १४ वर्षमा फुर्सद र समस्यामा दिन विताएकी माया विकलाई अहिले भने फर्सदै निकाल्न मुस्किल पर्छ ।
विवाह गरेका १४ वर्षसम्म श्रीमानले कमाएर ल्याएको पैसा खर्च गर्न माया विकलाई डर लाग्थ्यो । श्रीमानले जति खर्च गर्न भनेर दिन्थे त्यती मात्र खर्च गर्नु पथ्र्यो । अरुले कमाएको पैसामा रजाई गर्न उनको मनले कहिलै मानेन । थोरै भएपनि बचत गर्ने बानी । घरी छोरा छोरी पैसा भनेर सताउने, घरी आफुलाई नास्ता खान मन लागेपनि नखाईकनै भएको हर हिसाब श्रीमानलाई देखाउने पर्ने अवस्था थियो तर अहिले उनले आफैले व्यवसायिक रुपमा तरकारी खेतीमा लागेपछि श्रीमानलाई समेत परेको समस्यालाई हल गर्न सक्ने भएकी छन् ।
माया विकले बारीमा फलेको तरकारीले पुरै घरखर्च व्यहोरेर बैंकमा आफ्नै व्यक्तिगत खाता समेत सञ्चालन गरिरहेकी छन् । पहिले मेरै लगानी छ भनेर दम्भ देखाउने श्रीमानलाई समेत आजभोली तरकारी बेचेको आम्दानीबाट खर्च दिन सक्ने भएकी विकको दैनिकी आज भोली तरकारी एक बोट सुक्ने वित्तिकै त्यो ठाउँमा अर्को बोट रोप्दै दिन वितेको छ । शिक्षा आर्जनको कुरा गर्दा विद्यालय नै नदेखेकी विक अहिले गाउँकै नमुना कृषक महिना भएकी छन् । उनी भन्छन्, पढेर व्यवहार परिवर्तन गर्न सक्नुपर्छ ।
एक वर्षकै अन्तरालमा कृषि ज्ञान केन्द्र सहकार्य र कृषि प्राविधिको सहयोगमा मौषमी तथा बेमौषमी तरकारी खेती गरी मनग्य आम्दानी लिन सक्ने भएकी विकले सबै भन्दा च्याउ खेतीबाटै ५० हजार आम्दानी गरिसकेकी छन् । उनले आफुले मात्र आम्दानी गरिनन् च्याउ उमार्ने प्रविधि जिल्लाभरी उनी जस्तै नमुना कृषकलाई सिकाउने भईसकेकी छन् ।
च्याउ खेती जस्तै अरु तरकारीलाई स्याहार्ने बेला बेला गोड्ने, पानी दिने, झारपात निकाल्ने, र तरकारी टिपेर बजारमा विक्रि गर्दै उनको दैनिकी त्यसैमा वितेको थाहै हुदैन । पहिला दैनिक जसो घरपरिवारको कलह सहेर बसेकी विकलाई आजभोली त्यो कलह सुन्ने फुर्सद नै छैन । उनलाई मन पनि पर्दैन । उनी भन्छन् काम नपाएर मात्र घरपरिवारमा कलह हुन्छ, काममा व्यवस्त भए कलह गर्ने समय नै पाईदैन ।
कसरी ईच्छा भए त्यहाँ उपाय आईहाल्छ उनी भन्छन् । गरिखानको लागि मनमा चाँसो भए पुग्नेमा उनी विश्वस्त छन् । कमाई गरी खाने उनीसंग खेतबारी छैन । विहान बेलुकाको छाक टार्न खाद्यन्नको चामल किनेर खानुपर्छ । पाँच जनाको परिवारलाई माईतीको जमीनमा तरकारी गरेर पैसा कमाउन अनि रमाने माया विकको धोको छ । उनले यसैमा रमाउने ईच्छा देखाएकी छन् ।
फलामका विभिन्न भाडाकुडा बनाउने, त्यो वापत आएको अन्नपातले परिवारको गुजारा चलाउने उनको पेसा हो । माया विकलाई त्यो पेसाले परिवार पाल्नै मुस्किल भयो । एच.आर.सी नामक गैरसरकारी संस्थामा तरकारी खेती गर्ने लागि तालिम दिईने सुचना पनि आयो, सुचनाले झन माया विकको परिवारलाई तरकारी गर्न सहज भयो । मायाले तालिम लिईन, तरकारी लगाउने योजना बनाईन् ।
मायाको परिवारको पुर्खेउली पेशा आरन व्यवसायह हो । त्यो पेशाले न त बजार नै पाउने अवस्था छ, नत परिवार पाल्न नै सहज । एच.आर.सी नामक गैरसरकारी संस्थामा तरकारी खेती गर्ने तालिम पाएपछि मायाको तरकारी मोह बढ्दै गएको हो । जमिन माइतिको भएपनि मायाले तरकारीबाटै परिवार पाल्ने गरी काम गरिरहेकी छन् । महिलाको जिम्मेवारीले पनि परिवार पालिन सक्छ भन्ने उदारण पनि माया बनेकी छन् । विकले जस्तै बाँझो जमिन हामीले हरियो बनाउ सक्यौं, र व्यवसायीक खेतीलाई अँगाल्न सक्यौ भने नत अरुको भरमा पर्नु पर्ने छ, नत विदेश नै जानु पर्ने । बेरोजगार बसेका जतिले अरुको कुरा काट्नमा भन्दा काम गर्नमा ध्यान दिए समृद्ध परिवार हुनेमा शंका छैन ।
विकले माईतीको जमिनमा तरकारी फलाएर दैनिक बारीमा रमाईरहेकी छन् । अहिलेको यो महामारीको बेला त बेरोजार भएर बसेका श्रीमन श्रीमतिसंगै घरभित्रै हुदा विभिन्न हिस्रक क्रियाकलाप भईरहेका छन् । कोरोनाले उनको परिवारलाई भने व्यवसायीक बनाईरहेको छ । विकको यो कार्यले समृद्ध नेपाल सुखी परिवार हुनमा टेवा पुगेको छ । यी र यस्तै गर्न चाहने कृषकलाई विभिन्न सहुलियत हुन जरुरी छ ।