मङ्लबार, अशोज २२, २०८१
  • होमपेज
  • समाज
  • एकैदिन ११२० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

एकैदिन ११२० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

  • बुधबार, भदौ १७, २०७७
एकैदिन ११२० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विगत २४ घण्टामा ११२० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३२० महिला र ८०० जना पुरुषमा सङ्क्रमण देखिएको जानकारी दिए । अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

डा गौतमले विगत २४ घण्टामा १११२ निको भएर घर फर्किएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म २३ हजार २९० जना सङ्क्रमण निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५६ प्रतिशत निको भएका छन् । यस्तै सक्रिय सङ्क्रमित १८ हजार १०८ जना र क्वारेन्टिनमा ६ हजार ७६६ जना छन् ।

त्यसैगरी कोरोना संक्रमणबाट आज एकै दिन १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा १२ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५१ जना पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार