बाजुरा जील्लाको पिडामा काठमाडौ लाई दुख्यो होला र । काठमाडौले बाजुरा लाई हेर्ने नजर फरक हुने रहेछ ! मेरो गृह जील्लामा भारत देखी कयौं आमा बुवा दाजु भाइ रोजगार गुमाएर कोरोना महामारीको पीडा बोक्दै घरमा आउनु भो त्यसैको साथ बर्खाको बेला यहि साउन २५ गते राती आएको अविरल बर्षाले गर्दा एकैछिनको बर्षामा पनि बाजुरामा घर बाँस बिहिन देखी हिड्ने बाटोघाटो तहसनहस बनायो । कयौं बर्स देखि पहिरोको उच्च जोखिममा रहेका बजेडी ,अमकोट ,पैमा रिला लाई दुखेको पीडा त छदैछ ! त्यसैमा राप्क,तिपाडा,भौनेरा,जडङा ,उखाडी का कयौं घरहरु बाढीले एकै रातमा खाने खेत र बस्ने बाँस सहित अचानक प्रकृतिले घरबास बिहिन बनायो ।
लाग्छ यही बेला सरकारको हेर्ने नजर मेरो जील्लामा पुगेन ,केन्द्र सरकार ,प्रदेश सरकार अनि प्रतिनिधि बेखबर बने ! बजुरेलिको पीडा सिंहदरबारका गेटसम्म पनि पुगेन , तत्कालीन गृहमन्त्री लाई हाम्रा जील्लाका नेतागणहरुले पटकपटक कुरा पुगाउदा पनि सुनुवाइ भएन ।।
देशकै दुर्गम तथा पिछडिएको जील्ला भनेर काठमाडौले हेर्ने नजरमा सौतेनी व्यबहार भयो । बिकास निर्माणमा पछि परेको हाम्रो जील्लालाई केन्द्रको साथ कहिलै भएन ।साथै बाजुराका सबै पार्टीका नेताहरूले कहिलै एक ठाउँमा सामुहिक आवाज उठाएन बिकासको लागि भनेर । कोरोनाको बेलामा पनि हेर्ने आखामा अरु जील्लाको भन्दा फरक र बिबेध भयो ।
हरेक बर्षमा चुनावी भासण अनि चिल्ला गफ मात्रै गरे जनप्रतिनिधिले पनि केन्द्र सरकार सङ कुनै पहल गर्न सकेन , केन्द्र सरकारको हेर्ने नजर र मानसिकता परिवर्तन भएन । केन्द्र सरकारले बाजुरालाई अपमान गर्यो ।। ठुलाबडाले पीडा नभोगे सम्म दुर्गम जील्लामा यस्ता पिडाको सुनुवाइ नै हुने बाला छैन ! मीडीयाले पनि पहुँचका आधारमा काठमाडौ र नजिकैको जील्लाहरु लाई मात्रै प्राथमिकतामा राखे तर दुर्गम लाई हेर्ने सरकारका आँखा नै दुर्गम भएर हेरिरहे ।।।