शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डोटीमा पहिरोः ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते

डोटीमा पहिरोः ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते

  • आइतवार, असार २१, २०७७
डोटीमा पहिरोः ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते
file photo

अविरल वर्षासँगै आएको पहिरोमा परि डोटीमा एक शिशुको ज्यान गएको छ। आइतबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिका –४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो। उक्त पहिरोमा परि मृतक शिशुकी आमा २५ वर्षिया देवा नेपाली गम्भीर घाइते भएकी छन्।

गम्भीर घाइते आमालाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको र मृतक बालकको शव पोष्टमार्टमका लागि ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

पहिरो आएको समयमा घरभित्र भक्त नेपालीका श्रीमती, दुई छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन्। पहिरोले घरभित्रको सबै सरसामान पूर्ण रुपमा क्षति भएको स्थानीयले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार