शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • होम-क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

होम-क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

  • शनिबार, असार २०, २०७७
होम-क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

कैलालीकोे गोदावरी नगरपालिका वडा नम्बर १० मा होम-क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ। हिजो राति स्वास्थ्यमा समस्या आएपछि उनको मृत्यु भएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले बताए। जेठ २६ गते भारतबाट फर्केकी ४८ वर्षीया ती महिला वडा अध्यक्षको निगरानीमा होम क्वारेन्टिनमा बस्दै आएकी थिइन्।

‘प्यारालाइसिस र रक्तचापको समस्या उनमा पहिलेदेखि नै थियो,’ अध्यक्ष शाहीले भने। उनको कोरोना परीक्षणका लगि स्वाब नमूना संकलन गरी धनगढी पठाइएको छ। रिपोर्ट आएपछि शव व्यवस्थापन गरिने शाहीले बताए।

चर्चामा

सम्बन्धित समाचार