शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङ पहिरो : स्थानीय भन्छन्- दुई बालकको शव भेटियो, प्रहरी अझै पुगेन

बझाङ पहिरो : स्थानीय भन्छन्- दुई बालकको शव भेटियो, प्रहरी अझै पुगेन

  • शनिबार, असार २०, २०७७
बझाङ पहिरो : स्थानीय भन्छन्- दुई बालकको शव भेटियो, प्रहरी अझै पुगेन

बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा पहिरा जाँदा वेपत्ता भएका दुई बालकको शव फेला परेको छ। अनुहार  चिनिने गरेर क्षदविक्षद भएको अवस्थामा शव भेटिएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिए। उनिहरुको परिचय खुलेको छैन।

वेपत्ता थप पाँच जनाको स्थानीयले खोजी जारी राखेका छन्। घटनास्थलमा प्रहरी भने अहिलेसम्म पुग्न सकेको छैन्। खोला किनार भएर जानुपर्ने र खोलामा पानीको बहाव बढि भएकाले घटनास्थलमा प्रहरी पुग्न नसकेको जिल्लाको प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए।

वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराती केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीयले बताएका छन्। यसैबीच, केदारस्युँ गाउँपालिका वडा नम्वर ८ र ९ मा गण्डकी गाडले ठूलो क्षति गरेको छ। रातभरको पानी सँगै आएको पहिरोले केदारस्युँ ८ मा रहेको गण्डकी बजार पूर्णरूपमा विस्थापित भएको छ। एउटा मोबाइल पसल र एउटा खाद्यान्न पसल पनि बगाएको छ। दर्जनौं पानी घट्ट बगेका छन्।

चर्चामा

सम्बन्धित समाचार