शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • गोदावरीका वडा अध्यक्ष भट्टले जिते कोरोना, उनले भने मनोबल उच्च राखौँ

गोदावरीका वडा अध्यक्ष भट्टले जिते कोरोना, उनले भने मनोबल उच्च राखौँ

  • आइतवार, असार ७, २०७७
गोदावरीका वडा अध्यक्ष भट्टले जिते कोरोना, उनले भने मनोबल उच्च राखौँ

 कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले कोरोना जितेका छन्। नगरपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष भट्टले १५ दिनमा कोरोनालाई जितेका हुन्। गत जेठ २४ गते धनगढी स्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना पुष्टि भएका भट्टको लगातार दुई पटक रिर्पोट नेगेटिभ आएको हो।

कोरोना संक्रमण भएपछि नगरपालिकाको आईसोलेसनमा बसेका वडाध्यक्ष भट्टले घर फर्किने तयारी गरेका छन्। संक्रमण निको भएपछि भट्टले मनोबल उच्च राखेमा कोरोनालाई परास्त गर्न सकिने प्रतिक्रिया दिएका छन्।

‘आरडिटी रिर्पोट पोजेटिभ आएदेखि नै उच्च मनोबलका साथ कोरोनासँग डटीरहेको थिए।’ भट्टले दिनेश खबरसँग कुरा गर्दै भने, ‘बीचमा दुई दिन श्वास फेर्न गाह्रो भएको थियो तर लामो श्वास लिने, अन्य शारिरीक व्याम गर्ने गरेपछि समस्या हटेर गयो। कोरोना समान्य रहेछ तर हामीले उच्च मनोबल बनाउनुपर्छ।’

कोरोनाको आशंका लागेपछि तुरुन्त परीक्षण गर्न तथा सावधानी अपनाउनुपर्ने सुझाव समेत भट्टको रहेको छ। उनले कोरोना संक्रमणका बेला मनोबल उच्च राख्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाबाट बच्न सर्तकता अपनाउन समेत आग्रह गरेका छन्।

(वडा अध्यक्षकै मनजुरीमा परिचय र फोटो सार्वजनिक गरिएको ) दिनेश खवर 

चर्चामा

सम्बन्धित समाचार