• होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दामा ४ जनामा र्यापिड टेस्ट पोजेटिभ, स्वाव संकलन गरेर कहाँ पठाउँने चिन्ता

बुढिनन्दामा ४ जनामा र्यापिड टेस्ट पोजेटिभ, स्वाव संकलन गरेर कहाँ पठाउँने चिन्ता

  • शनिबार, जेष्ठ ३१, २०७७
बुढिनन्दामा ४ जनामा र्यापिड टेस्ट पोजेटिभ, स्वाव संकलन गरेर कहाँ पठाउँने चिन्ता
फाइल तस्बिर

बाजुरा — बुढिनन्दा नगर पालिकामा पनी ४ जनामा अारडिटी पाेजेटिभ देखीएकाे छ । नगरपालिका भरी बिभिन्न क्वारेन्टाइनहरुमा रहेका ब्यक्तीकाे र्यापिड टेस्ट गर्दा ४ जनामा पाेजेटिभ देखीएकाे हाे   जनप्रकाश मा बि कोल्टी २५, हिमाली आधारभुत बिद्यालय अंगाउपानीका ५ र सत्य मा बि पान्डुशैनमा १०, बिर्सैन ४ जना गरि जम्मा ४४ जना को र्यापिड टेस्ट परिक्षण गर्दा १ महिला र ३ पुरुष गरि जम्मा ४ जनामा पोजेटिभ देखिएको काेबिट १९ राेकथाम तथा नियन्त्रण काेल्टी प्राथमिक स्वास्थ्य केन्दका  फोकल पेर्सन अाेमजङ शाहीले जानकारी दिएका छन ।

स्वाब संकलन बाँकि छ ,निज पोजेटिभ ४ जना हरुलाइ जन प्रकाश मा बि मा आइसोलेट गरि राखिएको फोकल पेर्सन  शाहीले बताए । ऐले कोरोनाको लक्षण देखिएको छैन उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेकाे शाहीले बताए ।

५ सय ओटा भि टि एम नगरपालिकाकाले खरिद गरिसकेको छ समस्या भनेको कता पठाउने भन्ने हाे शाहीकाे भनाइ रहेकाे छ ।  धनगढिमा धेरै समय लाग्ने भन्ने जानकारी हुन आएको समस्या समाधान कसरी गर्ने भन्नेमा चिन्ता रहेकाे फाेक पर्सन शाहीले बताए । धनगढीमा स्वाव परिक्षणकाे काममा ढिलो हुदै अाएकाेले थप समस्या हुने उनले बताए ।  स्वाब संकलन गरी कता पठाउने अन्योल भैरहेको शाहीकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार