बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कञ्चनपुरमा पनि कोरोना अस्पताल सञ्चालन

कञ्चनपुरमा पनि कोरोना अस्पताल सञ्चालन

  • शुक्रबार, जेष्ठ ३०, २०७७
कञ्चनपुरमा पनि कोरोना अस्पताल सञ्चालन

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरमा कोरोना अस्पताल शुक्रबारदेखि सञ्चालनमा आएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ५० शैयाको उक्त अस्पताल उद्धघाटन गरेका हुन्।

महाकाली अस्पतालको परिसरमै निर्माण गरीएको कोरोना अस्पताल महाकाली अस्पतालले नै सञ्चालन गर्नेछ। ९२ लाख ५४ हजारमा कोरोना अस्पताल निर्माणका लागि विपिन विल्र्डसले निर्माणको जिम्मा पाएको थियो। जेठ ७ गते निर्माण सम्पनन गर्नुपर्ने भएपनि झण्डै तीन साता ढिलो गरी अस्पतालको निर्माण सकिएको हो।

महाकाली अस्पतालले नयाँ संक्रमित भएर आउने बिरामीलाई नवनिर्मित भवनमा राख्ने महाकाली अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट हरीकुमार श्रेष्ठले बताए। अहिले महाकाली अस्पतालमा कञ्चनपुर र कैलालीका गरेर ३३ जना संक्रमित उपचारत रहेका छन्। धनगढीमा यसअघि नै कोरोना अस्पताल सञ्चालन भईसकेको छ।

यस्तै अस्पताल उद्धघाटनपछि अस्पतालका मेसु डाक्टर श्रेष्ठले महाकाली अस्पतालमा पीसीआर मेसिन जडानका लागि आवश्यक पूर्वाधार र जनशक्ति अभाव रहेको बताए।

उनले पीसीआर विधिबाट परीक्षण गर्न अपरिहार्य रहेको बताउँदै यसका लागि आवश्यक पूर्वाधार र जनशक्ति सरकारले उपलब्ध गराउनुपर्ने बताए। #दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार