बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डोटीमा भारतबाट फर्किएका युवकको क्वारेन्टिनमा मृत्यु

डोटीमा भारतबाट फर्किएका युवकको क्वारेन्टिनमा मृत्यु

  • आइतवार, जेष्ठ २५, २०७७
डोटीमा भारतबाट फर्किएका युवकको क्वारेन्टिनमा मृत्यु

डोटी : डोटीमा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका वडा नम्बर ३ बासुदेबीमा ७ दिन अघि भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका १९ वर्षीय युवकको मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले उनको आज बिहान सिताराम आधारभुत विद्यालयको क्वारेन्टिमा मृत्यु भएको बताए। युवक ७ दिन पहिले भारतको लुधियानाबाट फर्किएका थिए।

उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि आजै धनगढी पठाउने तयारी रहेको कोभिड–१९ सम्पर्क व्यक्ति विष्टले बताए।

चर्चामा

सम्बन्धित समाचार