बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिमका १४ अस्पतालबाट २२५ जना कोरोना शंकास्पद बिरामी डिस्चार्ज

सुदूरपश्चिमका १४ अस्पतालबाट २२५ जना कोरोना शंकास्पद बिरामी डिस्चार्ज

  • बुधबार, जेष्ठ २१, २०७७
सुदूरपश्चिमका १४ अस्पतालबाट २२५ जना कोरोना शंकास्पद बिरामी डिस्चार्ज

सुदूरपश्चिमका बिभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका दुई सय २५ जना डिस्चार्ज भएका छन्। प्रदेशभरीका १४ वटा अस्पतालबाट अहिले सम्म दुई सय २५ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालबाट अहिले सम्म ८३ जना, डडेल्धुरा अस्पतालबाट २६, बयलपाटा अस्पताल अछामबाट २१ जना र जिल्ला अस्पताल अछाम र महाकाली अस्पतालबाट १५/१५ जना डिस्चार्ज भएका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल डोटी र बझाङबाट १२/१२ जना, टीकापुर अस्पतालबाट ११, जिल्ला अस्पताल बैतडी र बाजुराबाट ८/८ जना, गोकुलेश्वर अस्पतालबाट र भजनी स्वास्थ्य केन्द्राबाट ५/५ जना, चौमला स्वास्थ्य केन्द्रबाट तीन जना, जोगबुढा अस्पतालबाट २ जना र कोल्टी स्वास्थ्य केन्द्रबाट एक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन्।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ। निर्देशनालयका अनुसार अहिले प्रदेशभरी ४४ जनालाई आईसोलेसनमा भर्ना गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार