बाजुरामा कोरोना बाट मृत्यु भएकि बालिकाकि २३ बर्षिय आमा पनि कोरोना संक्रमित छन् । तर उनलाई भने कुनै लक्षण देखा परेको छैन् । बालिकालाई पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिइन, र उनको आइतवार बिहाना मृत्यु भएको थयो ।
मृतक वालिकाकि आमा पनि कोरोना बाट संक्रमित भएपनि आफुलाई कुनै किसिमको लक्षण नभएको बताएकि छन् । मार्तडीको आइसोलेसनमा बसिरहेकी मृतक वालिकाकि आमाले बडिमालिका खबरलाई फोन मार्फत भनिन्, आफुलाई केही पनि भएको छैन्, कुनै लक्षण पनि देखा नपरेको वताएकि छन् । स्वास्थ्यमा कुनै समस्या आएको छैन्, स्वास्थ्यकर्मीले पटक पटक आफुलाई स्वास्थ्य अबस्था बुझिरहेका छन्, तर कुनै केही नभएको वताएकि छन् । कोरोना संक्रमण देखाएपनि आफुलाई भने नलागेको हुन सक्ने जिगिर गरेकी छन् । उपचारमा खटिएका डा. रुपचन्द्र बिश्वकर्माले पनि ति महिलालाई कुनै स्वास्थ्य समस्या नभएको वताएका छन् ।
मृतक वालिका आमा र बुवाको लाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । तिनै जनाको स्वाब धनगढी पठाईएको थियो । बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको क्वारेनटाइनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा आइसोलेसनमा रहेको जेठ १५ गते साझँ राखिएको थियो । २ बर्षका उक्क्त बच्चामा पखाला, ज्वरो, श्वासप्रश्वास समस्या बाट ग्रसित रहेका थिए । बच्चाको उपचार त गरिरहेका छौ, अबस्था निकै चिन्ताजनक रहेको थियो उनलाई बचाउन नसकिएको उपचार संलग्न चिकित्सकले बडिमालिका खबरलाइ बताएका छन् । बाजुरामा एकजना वालिकाको मृत्यु सँगै बाजुरा उच्च जोखिम बनेको छ । बाजुरामा भारत बाट आउने संख्या बढेसँगै जोखिम बन्दै गएको छ ।