मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • प्रवास
  • साउदी अरबमा कोरोना संक्रमणबाट ७ नेपालीको मृत्यु

साउदी अरबमा कोरोना संक्रमणबाट ७ नेपालीको मृत्यु

  • शुक्रबार, जेष्ठ ९, २०७७
साउदी अरबमा कोरोना संक्रमणबाट ७ नेपालीको मृत्यु

युएई — कोरोना भाइरसबाट साउदी अरबमा ७ नेपालीको मृत्यु भएको छ। बिहीबारसम्म कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको हो । कोरोनाबाट १ हजार ३ सय ६४ नेपाली संक्रमित भएका छन् भने संक्रमित हुने महिलाको संख्या १७ पुगेको छ ।

संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्वी क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्र ३ र दूतावासले हेर्ने क्षेत्रमा १ हजार १६ जना संक्रमित भएका छन् । त्यस्तै जेद्दा क्षेत्रमा १७६, मक्कामा ६५, मदिनामा ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरी ३४८ जना संक्रमित भएका दूतावास रियादले जनाएको छ।

कोरोना भाइरसको बढ्दो संक्रमण, साउदी सरकारले लगाएको कर्फ्यु र अन्य नियमलाई मध्यनजर गर्दै नेपाली दूतावासले साउदीमा रहेका विभिन्न क्रियाशील संघ–संस्थाको सहकार्यमा खाद्यान्न र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ भने स्वास्थ्य परामर्शको लागि २ नेपाली डाक्टरको व्यवस्था गरेको छ । अहिलेसम्म साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट ६५ हजार ७७ जना संक्रमित भएका छन् भने ३ सय ५१ जनाले ज्यान गुमाइसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार