शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • देश
  • २१२ सांसदको कोरोना रिपोर्ट ‘नेगेटिभ’

२१२ सांसदको कोरोना रिपोर्ट ‘नेगेटिभ’

  • शुक्रबार, बैशाख २६, २०७७
२१२ सांसदको कोरोना रिपोर्ट ‘नेगेटिभ’

काठमाडौं : संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड-१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।

ती मध्ये २१२  सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी थिए। उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।  शुक्रबारदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो ।

महाशाखा निर्देशक डा. पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

रासस

चर्चामा

सम्बन्धित समाचार