
बाजुरा जिल्लाका अधिकांश बजारहरुमा म्याद नाँघेका खाद्य बस्तुहरु बिक्रि हुने गरेका पाइएका छन् । घरेलु विकास समित बाजुराको नेतृत्वमा गरिएको अनुगमनका क्रममा ती बस्तुहरु फेला परेको अनुगमन टोलीका सदस्य कोष लेखा नियन्त्रण कार्यलयका लेखापाल धन बहादुर थापाले बताएका छन् । जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, नागरीक समाज, पत्रकार र सुरक्षा कर्मी सम्मेलीत अनुगमन टोलीले जिल्लाका डाब बजार, बेतालमाण्डौ, रिठा, र बाम्का बजारमा म्याद नागेका गुणस्तरहिन खाद्य बस्तुहरु फेला पारेको जनाइएको छ ।

लकडाउनका समयमा कालोबजारी बढेको जनगुनासो आएपछि बजार अनुगमन गरिएको थियो । अनुगमनमा म्याद नागेका खाद्य बस्तुहरु फेला पारेर नष्ट गरेको घरेलु तथा साना विकास समितका प्रमुख मान बहादुर चाटले वताएका छन् । अनुगमन गरीएका अधिकांश पसलमा अखाद्य बस्तुहरु फेला परेका छन् । अनुगमनबाट पिठो, चाउचाउ, बिस्कोट, सिन्चुरी मसला, चनाको पिठो, तेल, पेय पर्दाथ चक्लेट लगाएतका सामाग्री बरामत गरिएको टोलीले जनाएको छ । पिठोमा किरा समेत लागेको पाइएको छ । प्रायः सामानमा म्याद नाघेका र केही सामानमा धुसी समते लागेका अनुगमन टोलीले जनाएको छ ।

ठुलो परीमाणमा अखाद्य बस्तु पाएपछि प्रशासन अब बाट यस्तो अखाद्य सामान नबेच्न समेत कबुल गरेका छन् । अनुगमनमा सबै भन्दा बढि पिठोमा किरा लागेको र बिस्कोट म्याद नागेको पाईएको छ । स्थानिय ब्यापारीले भने आफुहरुलाई यस समबन्धि कुनै जानकारी नभएको कम्पनिले सिधै यस्तै पठाएको बताएका छन् । एकातिर बर्षाको समयमा सामान ढुवानी गर्न नसकिने भएकाले हिउदमा सामान ढुवानी गरेकाले बिक्रि नभएर यस्तो भएको बताएका छन् ।

दशै र तिहारमा बढि जसो अनुगमन हुने गरेको छ, अहिले पनि लकडाउनको बेला ब्यापारिले गरेको कालोबजारी गरेको पाईएको छ । टोलीले मूल्य सुचि गुणस्तर मापन, विल दिने, प्रक्रिया, निर्धारित मिति लगाएतका ११ वटा मापदण्डका बारेमा अनुगमन गरेको थियो । उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले भने अझै अनुगमन तिव्र पार्नु पर्ने बताएका छन् । आफुहरुले पनि पटक पटक मुल्य सुचि राख्न आग्रह गरेको भएपनि ब्यापारिले नमानेको उनले वताएका छन् । अनुगमन गरिएका कुनै पनि पसलमा मुल्य सुचि नराखेको पाईएको छ ।

जिल्लाका मुख्य ब्यापारी केन्द्र मानिने सदरमुकाम मार्तडी र कोल्टि बजारमा भने दैनिक उपभोग्य सामान म्याद सकिएका सामान पाईन्छ भने जिल्लाका बिकट गाबिसमा भने प्रयाः सबै सामान म्याद सकिएको पाईने गरेको उद्योग बाणिज्य संघका बाजुराले जनाएको छ । प्रशाससनले पहिलो पटक यो बर्ष बजार अनुगमन गरेको छ ।
