बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिममा आज पीसीआरबाट १५ जनाको कोरोना परीक्षण, ४२५ को र्‍यापिड टेस्ट

सुदूरपश्चिममा आज पीसीआरबाट १५ जनाको कोरोना परीक्षण, ४२५ को र्‍यापिड टेस्ट

  • बुधबार, बैशाख १७, २०७७
सुदूरपश्चिममा आज पीसीआरबाट १५ जनाको कोरोना परीक्षण, ४२५ को र्‍यापिड टेस्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका थप चार सय ४० जनाको आज कोरोना परीक्षण गरिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पीसीआरबाट १५ जना र र्‍यापिड टेस्टबाट चार सय २५ जना गरी आज चार सय ४० जनाको कोरोना परीक्षण गरिएको हो।

आज परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ। कोरोना परीक्षणका लागि आज मात्रै १८ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ भने पाँच जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ।

यस्तै निर्देशनालयले फागुन १ गतेदेखि सुुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि नमूना संकलन सुरु भएकोमा हाल सम्म दुबै विधीबाट १६ हजार दुई सय एक जनाको कोरोना परीक्षण भईसकेको जनाएको छ। पीसीआर विधीबाट दुई हजार सात सय ९० जनाको परक्षिण र १३ हजार चार सय ११ जनाको र्‍यापिड टेस्ट गरिएको निर्देशनालयको दावी छ।यस्तै अब प्रदेशभरी पाँच हजार चार सय ३५ र्‍यापिड टेस्ट किट मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै प्रदेशभरीका विभिन्न अस्पतालबाट अहिले सम्म एक सय १३ जना डिस्चार्ज भएका छन्। चार जना कोरोना संक्रमित र बाँकी एक सय नौँ जना शंकास्पद बिरामीलाई अस्पतालले डिस्चार्ज गरेको हो। कोरोना संक्रमितलाई लगातार दुई पटकसम्म कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो भने शंकास्पदहरुलाई भने पहिलो रिपोर्ट नै नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ।

यस्तै सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार अहिले प्रदेशभरीका क्वारेन्टाईनमा एक हजार ६ सय ३८ जनालाई राखिएको छ। सात हजार ६ सय ८७ जना अटाउने क्वारेन्टाईन स्थापना गरिएकोमा एक हजार ६ सय ३८ जनालाई राखिएको हो। प्रदेशका नौँ वटै जिल्लामा नेपाली सेना, प्रदेश र स्थानीय सरकारले तीन सय ७७ वटा क्वारेन्टाईन स्थापना गरिएको छ। दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार