विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारणले बालबालिकाहरु घरमा अभिभावकहरुसँग बसी रहेको अवस्था छ । विश्व भरि लगभग १ ।७२५ अरब बालबालिका विद्यालय जान पाएका छैनन्,( १८ अप्रिल २०२० युनेस्को) । यसले बालबालिकाको मनोसमाजिकमा प्रत्यक्ष असर परेको छ । यस समय परिस्थीतीमा बालबालिकालाई बालमनोसामाजिक परामर्शको माध्यमबाट घरमा अभिभावकको संलग्नता र सहयोगमा सुरक्षित तथा स्वस्थ राखेर सिकाउनु पर्दछ ।
एउटा उखान छ अनिकालमा बिउ जोगाउनु र महामारीमा जिउ (ज्यान) जोगाउनु हो, अहिले विश्व भरि कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिएको अवस्थामा सम्पुर्णले आफु सुरक्षित र स्वस्थ हुनु आवश्यक छ ।नेपालमा पनि कोरोना भाइरस महामारी फैलिरहेको छ । यस विसम परिस्थितीमा आफु र आफ््नो परिवारलाई सुरक्षित र स्वस्थ राख्नु अति महत्वपूर्ण छ । आफु पनि बच्ने अरुलाई पनि बचाउने कार्य गर्नु पर्दछ । अतः यस सम्वन्धि नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लागु गरेको नियमहरु पूर्णरुपले पालना गरौं र गराउँऔं । यस समयमा सबै जना आ–आफ्नो घरमा बसेर लकडाउनको पूर्ण पालना गर्नुपर्छ ।
लकडाउनको कारण घरमा बालबालिका लगायत सबैलाइ कठिनाइ भएको परिस्थिति छ । अहिले लकडाउनको समयमा अभिभावकले आफ्ना बालबालिका संग समय विताउने सुनौलो अवसर प्राप्त गर्नु भएको छ , यसलाइ तपाई हामिले बालबालिकालाइ घरमा सिक्ने र सिकाउने अवसरको रुपमा उपयोग गर्नु आवश्यक छ । यस परिस्थितिमा घरमा बालबालिकाहरुसँग सृजनात्मक, रचनात्मक क्रियाकलाप गरेर सिक्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ । तपाई हामीले एकिकृत सिकाइको लागि बालबालिकाहरुको उमेर, रुची, क्षमता अनुसार क्रियाकलापहरु गर्नु उपयुक्त हुन्छ । घरमा भएका विभिन्न सामग्री तथा सर समान र वरपरको वस्तुहरुको प्रयोग र पहिचानवाट व्यवहारिक कुराहरु सिकाई गर्न आवश्यक सहयोग गर्न सकिन्छ । स्वास्थ्य,वातावरण, सामाजिक मुल्यमान्यताहरु, रितीरिवाज, चाडपर्व तथा बालबालिकाको व्यक्तिगत बानीव्यहोरा, रुची, सृजना अनुसार क्रियाकलाप गर्न सकिन्छ, जसलाई सिकाइमा जोड्न सकिन्छ ।
अहिले धेरै अभिभावकहरुलाइ यस्तो अवस्थामा बालबालिकालाइ के सिकाउने, कसरि सिकाउने भन्ने अन्यौल छ तर धेरै विषय वस्तु अभिभावकको संलग्नतामा बालबालिकाहरुलाई विभिन्न क्रियाकलाप मार्फत घरमा नै सिक्ने वातावरण बनाइ सिकाउन सकिन्छ । बालबालिकालाई दैनिक कार्य तालिका बनाएर घरमा अभिभावकको सहयोगमा सिकाउन सकिने केहि विषय वस्तु र क्रियाकलापको बारेमा उल्लेख गरिएको छ ।
बालबालिकासंग विहान आआफ्नो धर्म संस्कृति अनुसार पुजापाठ गराउनुस ।
बालबालिकालाइ आफु संगै व्यामका साथै नियमित रुपमा योग गराउनुस् जसले उनिहरुलाई शारिरिक तथा मानसिक रुपामा स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्दछ ।
दैनिक खाना पकाउन बालबालिकाले गर्न सक्ने कार्य गर्न सहयोग गर्नुस ।
खानु खानु अघि, खाना खाइ सके पछि, शौचालय गए पछि मिचि मिचि हात धुन लगाउनुस र धुनुस्
खानाखाइ सके पछि भाडाकुडा सफा गर्ने कार्यमा पनि बालबालिकाले गर्न सक्ने कार्य गर्न सहयोग गर्नुस् ।
बालबालिकाहरुलाई मनोसामाजिक परामर्शद्वारा डर त्रास भय कम गरी विभिन्न क्रियाकलाप गराउनुस् । उनिहरुलाई घरमा विभिन्न मनोरञ्जनात्मक, ज्ञानवर्धक बाल कथा,कविता पढाउनुस्, उनिहरुलाइ कथा भन्न लगाउनुस, आफुले कथा भनेर बालबालिकालाइ सुनाउनुस् र विचविचमा पात्र, क्रियाबारे प्रश्न सोध्नुस् । कथा भन्दा हाउभाउ, अभिनय सहित भन्ने गर्नुस्
बालबालिकालाइ मन पर्ने घर भित्र भएका सामान, घर बाट देखिने, घरमा भएका विभिन्न जनावरको चित्र बनाउन लगाउनुस , चित्रमा रङ् भर्न लगाउनुस, जसले बालबालिकाको सिर्जनशिलतामा निखार ल्याउछ ।घरमा भएका विभिन्न सामग्रीहरुलाइ गन्ती गर्न लगाउनुस र अंक र अक्षरमा लेख्न लगाउनुस
बालबालिका संग प्रशस्त मात्रामा समय विताउनुस, उनिहरु संग मनोरञ्जनात्मक, रचनात्मक, सिर्जनात्मक सामाजिक विकासका कुराकानि गर्नुस । उनिहरु संग गित संगित सुन्नुस, साथै उनिहरुलाइ गितहरु गाउन लगाउनुस जसले उनिहरुको अन्तरनिहित प्रतिभाको विकासमा सहयोग गर्छ ।
आजभोली बालबालिका मोबाइलमा खेलहरु खेलेर समय विताउने गर्छन जसले बालबालिकाको सिकाइका प्रतक्ष्य असर गर्नुका साथै उनिहरुमा धेरै प्रकारको मनोसामाजिक समस्या ल्याउने विभिन्न अध्ययनले देखाएको छ । मोबाइलको खेलको सट्टा बालबालिकालाइ घरमा खेल्न सकिने क्यारम, लुडो, चेस, बाघचाल जस्ता खेलहरु खेल्न प्रोत्साहन गर्नुस् ।
बालबालिकालाइ आफु संगै भान्सा, करेसाबारि जस्ता घरायसि काम गर्न लगाउनुस, विभिन्न प्रकारका तरकारी, फलफुल को बारेमा सिकाउनुस ।
बालबालिकालाइ साबुन पानीले मिचिमिचि हात धुने सहि तरिका सिकाउनुस र व्यक्तिगत सरसफाइ, लुगा, धुन, दैनिक नुहाउन, नङ् काट्न, कपाल कोर्न, सहयोग गनुस ।
बालबालिकाको राम्रो कामको प्रशंसा गर्नुस र उनिहरुलाइ असल, रचानात्मक, सृजनात्मक, सामाजिक कार्य गर्न सधै प्रोत्साहन गर्नुस् ।
आफैले साना साना कथा, कविता, गित लेखेर पढ्न लगाउनुस र लोक कथाहरु पनि सुनाउनुस जसले बालबालिकाको सुनाई सिपको विकासमा सहयोग पु¥याउंछ ।
घरमा उपलब्ध भएका सर सामानहरु गन्ति गर्न लगाउनुस, जोड विजोड छुट्याउन लगाउनुस, सानो ठुलो भन्न लागाउनुस यसरि गणितिय सिपको विकास गर्न सकिन्छ ।
घरमा भएका सर सामान तथा घरमा प्रयोग भएका र गरिएका सर सामानहरुको आकार तथा रङहरु भएका सर सामानको सुचि बनाउन तथा संकलन गर्न लगाउनुस ।
बालबालिकालाइ आफ्नो संस्कार, संस्कृतिका कुराहरु सिकाउनुस् र केहि एतिहासिक घटनाहरु भए सुनाउनुस्
बालबालिकालाइ समयमा पोषिलो खाना खुवाउनुस् र खानुस् । समयमा सुत्ने र उठ्ने बानिको विकास गनुस् ।
यदि तपाइको घरमा इन्टरनेटको पहुच छ भने न्यदिब िम्ष्नष्तब िीष्दचबचथ, द्ययियm ीष्दचबचथ, ीभतक च्भबम जस्ता थुप्रै वेव साइटहरुबाट बालबालिकाको लागि कथा का कितावहरु डाउनलोड गरेर पढाउनुस ।
बालबालिका संग कथा पढ्नुका फाइदाहरु
बालबालिकाहरुलाइ सम्भावित विभिन्न खालको जोखिमाबाट सुरक्षित बनाउन सहयोग पुग्छ ।
आफनो घरमा भए गरेका सबै बस्तु स्थितीको बारेमा राम्रो ज्ञान पाउन सक्छ ।
बालबालिकहरुलाई पढेको भन्दा आफै गरेर छोएर सिकेकोले सिकाई दिगो रुपमा सिक्नमा सहयोग हुन्छ ।
बालबालिकाहरुको ध्यान केन्द्रित गर्ने क्षमता तथा स्मरण शक्तिको विकास हुन्छ ।
बालबालिकाहरुको संवेगात्मक विकासमा प्रत्यक्ष रुपमा सहायेग पुग्छ ।
बालबालिकाहरुको शब्द भण्डार, भाषाको विकासमा सहयोग पुग्छ ।
नयाँ नयाँ सृजना तथा कल्पना गर्न सक्ने शक्तिको विकासमा सहयोग पुग्छ ।
पठनवोधको विकासमा सहयोग गर्छ ।
बालबालिकाहरुमा भय रहित वातावरण, शान्ती र आनन्दको अनुभुति गर्न सहयोग गर्नुस् ।
बालबालिकाले सृजना गरेको कुरा आफ्ना अभिभावकसँग सुन्ने मौका, अवसर पाउँछन र अभिभावकहरु पनि आफ्ना बालकालिकाको सिकाइ स्तरको पहिचान गरी थप सहयोग गर्ने अवसर मिल्छ ।
अभिभावकले बालबालिकालाई पढाइमा सहयोग गर्न सकिन्छ भन्ने बोध हुन्छ ।
घरमा पढ्ने बानीले दिगो सिकाइ हुन्छ र घरमा पनि बसेर पढन सकिन्छ भन्ने बोध हुन्छ ।
अभिभावकलाई बाललिकाको सिकाईमा सहयोग गर्नमा जिम्मेवार बनाउँछ ।