• होमपेज
  • समाज
  • नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ५१ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ५१ पुग्यो

  • आइतवार, बैशाख १४, २०७७
नेपालमा थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ५१ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। नयाँ भेटिएका दुबै कोरोना संक्रमित पर्सा, वीरगन्जका हुन्। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो।

वीरगन्ज महानगरपालिका छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो।

दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ।

चर्चामा

सम्बन्धित समाचार