• होमपेज
  • समाज
  • प्रदेशकाे लकडाउनबाट सरकारलाई चिठ्ठी

प्रदेशकाे लकडाउनबाट सरकारलाई चिठ्ठी

  • बुधबार, चैत्र २६, २०७६
प्रदेशकाे लकडाउनबाट सरकारलाई चिठ्ठी

सुदूपश्चिम प्रदेशका प्रिय दाजु भाइ तथा दिदी बहिनीहरुको पूर्खौ देखि कर्म थलो बन्दै आएको छ छिमेकी राष्ट्र भारतका  ठूला सहरहरू जस्तै दिल्ली, मुम्बई, बैंगलोर, हैदराबाद, नासिक, पुना लगाएतका अरु ठाउँहरू र कारण घरको आर्थिक स्थिति अशिक्षा, गरिबी, नेपाल भारतको खुल्ला सिमान आवतजावत नजिक पर्ने र मुख्यतया स्वदेशमा रोजगारी नपाएर घर धान्न को लागि नै विदेशिनु सुदुरपश्चिमेलीहरु बाध्यता नै हो रहर ले होईन।
अब कुरा आयो यो समयमा विश्व महामारी कोरोनाका कारणले हामीहरूको दैनिकी कति कष्टपूर्ण छ । भन्ने कुरा सायदै नभोगेको बाहेक कसलाई थाहा छैन। कोरोनाका कारण भारत मा २१ दिन लामो लक डाउन ले दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकीको हात मुख जोड्ने र त्यसैले आफ्ना बालबच्चाको भविष्य कोर्ने को हालत झनै नाजुक हुँदै गइरहेको छ। कतिपय लाई त यस्तो स्थितिमा पुर्याई सकेको छ कि सोदेश फर्कौ बन्द छ । यतै बसौं एक छाक खानसम्म नपाइने अवस्था छ । केही मानिसहरु त यो बन्द हुनु भन्दा १/२दिन पहिले गए तर गएकाहरुले पनि आधा बाटोमै अलपत्र परेर दुःख भोग्नु पर्यो ।
यद्यपि पहिला जे भयो भयो ठिकै छ अब फेरि १४ अप्रिल मा भारत मा लक डाउन खुल्दै छ र विदेशी भूमिमामा तड्पेर बसेका हजारौं हजार नेपाली दाजु भाई दिदी बहिनीहरु फेरि आफ्नो मातृभूमि नेपाल फर्कदै छन् । कस्तो छ तयारी सुदुरपस्चिम प्रदेश सरकार ? मेरो प्रश्न, यसै त नेपालमा सबै भन्दा कोरोनाबाट जोखिम सुदुरपस्चिम मै देखिएको छ फेरि १६/१८ अप्रिल तिर नेपाल भारतका पश्चिमी सिमाना हरु मा कस्तो तयारीका का साथ सु.प. प्रदेश सरकारले आफ्ना नगरकिक लाई सुरक्षित का साथ भित्र्याउछ होला? त्यो भने हेर्न बाँकी नै छ ।
हुन त यो समय मा सरकार लाई दोष दिने होइन हामी सबै नागरिक सचेत भएर उल्टै सरकारलाई सहयोग गर्ने समय हो त्यो पनि हामीलाई राम्रोसंग थाह छ । तर हाम्रा प्रदेश का मुख्य मन्त्री ज्यू ले जनताको नाम मा सम्बोधन गर्दा किताब को पाठ पढे झै गरेर भन्नु भएछ की कोरोना फैलिन नदिन प्रदेश सरकार के आफ्नो क्षमता अनुसार को तयारी गरिरहेको छ रे ! त्यो भनेको क्वारेन्टाइन बनाउने तयारी हुँदै त होला र त्यसका साथ साथै प्रदेश मा भएका ९ ओटै अस्पतालहरू मा उपचारको व्यवस्था गरेको त छैन । तर त्यो पनि तयारी हुँदै छ रे। गर्नु पर्छ राम्रो कुरा तर यस्तै कछुवाको तालमा काम गर्दै जाने हो भने फेरि यो भन्दा पहिले देखेको भन्दा बेहाल हुने जस्तो लाग्दै छ मलाई त । जसो तसो जोखिम मोलेर आफ्नो देश को सिमानामा गएर बसेका हजारौं हजार नेपाली दाजु भाइ दिदी बहिनीहरू ले चैत वैशाख को यो चर्को घाममा दुई चार दिन दुःख पाउने निश्चित देखिन्छ। हाम्रो सरकार को यस्तै जब पर्यो राती तब बुढी ताति भन्ने उखान झै लाग्ने कारण ले हामिहरु ले दुःख पाउनु पर्छ ।त्यति भइसके पछि बल्ल तल्ल प्रारम्भिक चेक जाँच गरे झैं गरी नेपाल प्रवेश त गराउने होलान् यस्तै तरिका मा काम हुने हो भने सु.प. प्रदेश मा यो कोरोना खतरा धेरै नै देखिन्छ । त्यसैले हामी नागरिक हरुले पनि आआफ्नो तर्फबाट आफ्नो सुरक्षा को विचार गरौं।र धेरै सरकारको विरोध गर्यो नभन्नु होला एक बच्चाले आफूलाई दुःख पर्दा सम्झने हारगुहार माग्ने आफ्नै अविभावक संग हो त्यसैले त्यसैले हामी नागरिक को अभिभावक भन्नु नै सरकार हो त्यसैले आफ्नो अभिभावक लाई यति भन्न जसले नी पाउछ। म कुनै पार्टीको कार्यकर्ता नभई एक स्वतन्त्र नागरिक हुँ त्यसैले एक नागरिकले आफ्नो सरकारको आलोचना गर्नु स्वभाविक नै लाग्छ।
अन्त्य मा हामी भारत म बसेर आफ्नो दैनिकी चलाउने नेपालीहरुका लागि साच्चै नै कठिन अवस्था छ र हामीहरूलाई स्वदेश फिर्ता गर्ने ठोस निर्णय केही नगरे पनि सु.प प्रदेशका मुख्यमन्त्री ज्यू ले आफ्ना मानक व्यथा पोखे जसरी बाहकिनु भयो ।केही नेपालीहरु त अस्ति नै हतार हतार मा नेपाल फर्की सके र बाँकी रहेका हामीहरु पनि भारत मा लक डाउन खुल्ने बितिकै हाम्रो मातृभूमि नेपाल आउँदै छौं । र हामीहरूलाई एक त कोरोना त्रास त्यसै माथि नेपाल भारतको बाउडर मा राज्यविहीन नागरिक जसरी भोकभोकै यो टन्टलापुर घाममा बस्न मन छैन।त्यसैले उचित व्यवस्था होस् यसै मार्फत सरकार को ध्यानाकर्षण गराउन चाहन्छु ।
धन्यवाद !जय देश। जय स्वाभिमान

रुपेश थापा
बुढीगंगा नगरपालिका ९ बाजुरा

हाल वैदेशिक रोजगारीको सिलसिलामा भारत को मुम्बई शहर

चर्चामा

सम्बन्धित समाचार