• होमपेज
  • समाचार
  • एकैपटक पेट्रोल र डिजेलको मूल्य १०/१० रुपैयाँले घट्यो

एकैपटक पेट्रोल र डिजेलको मूल्य १०/१० रुपैयाँले घट्यो

  • बिहिबार, चैत्र २०, २०७६
एकैपटक पेट्रोल र डिजेलको मूल्य १०/१० रुपैयाँले घट्यो

काठमाडौं —  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकै पटक १०/१० रुपैयाँले घटेको छ । बुधबार नेपाल आयल निगमको संचालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै दक्षिण एशियाली क्षेत्रमा पनि मूल्य घटेको र भारतीय आयल निगमले मूल्य घटाएर पठाएको थियो ।

अहिलेको निगमले स्वचालित मूल्य निर्धारण प्रणाली समेत तत्कालका लागि स्थगित गरेर नयाँ मूल्य निर्धारण गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने छ । एलपी ग्याँसको हालको मूल्य भने यथावत छ। घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने छ ।

चर्चामा

सम्बन्धित समाचार