• होमपेज
  • समाज
  • श्रीमानले गरे श्रीमतीको हत्या

श्रीमानले गरे श्रीमतीको हत्या

  • बुधबार, चैत्र ५, २०७६
श्रीमानले गरे श्रीमतीको हत्या

भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नंखेलका राजन ब्यान्जूले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ ।

राजनकी श्रीमती ३२ वर्षीया पवित्रा ब्यान्जू ३० फागुनको दिउँसो घरमै मृत अवस्थामा भेटिएकी थिइन् । उनको शरीरमा नीलडाम र नाकबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पवित्राको हत्या श्रीमान् राजनले नै गरेको खुलेको जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दिपक गिरीका अनुसार राजन र पवित्राले एकैसाथ बसेर सुरुमा मादक पदार्थ सेवन गरेका थिए । पछि कसले खाना पकाउने र खाने भन्ने विषयमा विवाद हुँदा राजनले ब्यान्जूलाई लात्ती, मुक्का र दाउरा समेतले कुटपिट गरेको सोधपुछका क्रममा स्वीकार गरेका छन् ।

शव भेटिएको भन्ने खबरलगत्तै डिएसपी चक्रराज जोशी नेतृत्वको प्रहरी अनुसन्धान अधिकृतको टोली खटिएको थियो । राजनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र मृतकका दाजु प्रेमबहादुर घर्तीको किटानी जोहरीपछि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान समेत अघि बढाइएको डिएसपी गिरीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार