मेराे बाजुरामा अझैपनि पिडाकाे घाउ भित्र छ
नारीकाे पाँच दिने घर बनेर छाउ भित्र छ।।
सुन्दरता बयान गरुँ त गरेरै सकिने छैन
केवल एउटा सुन्दरता बुढीनन्दा तलाउ भित्र छ।।
भन्ने हरुले यहाँ स्वर्ग छ नभनेका हाेइनन् नी
श्रृष्टिउपज महिला नसाेच्दा मृत्युदाउ भित्र छ।।
कुपाेषण चरम बिन्दुमा पुगि छट्पटायकाे उ
पेटभरि खानाछैन जीवन डुबेकाेनाउ भित्र छ।
करिस्मा रोकाया बाजुरा
हाल : काठमाण्डौं