• होमपेज
  • समाज
  • चीनबाट घर फर्किए नेपाली

चीनबाट घर फर्किए नेपाली

  • आइतवार, फाल्गुन ४, २०७६
चीनबाट घर फर्किए नेपाली

काठमाडौँ — कोरोनाभाइरसको केन्द्र रहेको चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाल घर फर्किएका छन् । हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।

दूतावासका अनुसार तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेका थिए भने छ जना फर्कन पाएनन्। दूतावासका अनुसार चार जनामा ज्वरो देखिएको थियो भने दुई जना उनीहरूको परिवारका सदस्य हुन् ।

उनीहरूलाई उद्धार गर्न नेपाल वायु सेवा निगमको वाइडबडी विमान पुगेको थियो । विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।

चर्चामा

सम्बन्धित समाचार