बाजुरा १० माघ– बाजुराको सदरमुकाम मार्तडीमा खुला ब्याडम्यान्टन खेल ६ गते देखी सुरु भएको खेल आज सम्पन्न भएको छ । जेबी मिडिया प्रालीको आयोजनामा ६ गते देखी प्रतियोगिता संचालन गरिएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
हरेक बर्ष प्रालीले संस्थाले कमाएको केही प्रतिशत सामाजीक कार्यमा लगानी गर्दै आएको जेवी मिडिया प्रालिले यस बर्ष खेल क्षेत्रको बिकासका लागि लगानी गर्ने उदेश्यका साथ सो खेलको आयोजना गरिएको जेवी मिडिया प्रालिका कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताएका छन् ।
प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा खुला व्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएकोे बताएको छ । वि.स. २०७३ साल माघ १० गते बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा स्थापना भएको उक्त प्रालिले आफ्नो चौथो स्थापना दिवसको अवसरमा व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेकोे कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताएका छन् ।
जेवि मिडिया बाजुरामा स्थापनाकाल देखि नै आफ्नो आम्दानीको १० प्रतिशत लगानी वर्षेनी रचनात्मक कार्यमा खर्च गर्ने उदेश्यका साथ सो खेलको आयोजना गर्न लागेको प्रालिले जनाएको छ ।
त्यसै सन्दर्भमा यस अघि प्रालीले आफ्नो स्थपना दिवसको अबसरमा पहिलो बर्ष बाजुरा क्याम्पसमा अध्यानरत गरिव तथा बिपन्न बिद्यार्थीहरुलाई छात्रबृद्धी दिएको थियो । त्यसै गरी दोस्रो स्थपना दिवसको अवसरमा जिल्ला अस्पतालमा आउने बिरामीहरुका लागी कम्मल र फलफुल बितरण गरिएको प्रालीले बताएको छ । त्यसै गरी तेस्रो बर्षको स्थापना दिवसको अवसरमा बडिमालिका नगरपालिका ३ मा रहेको चोयाकोट माबी वडा न २ मा रहेको सत्यबादी माबीका केही जेहेन्दा र बिपन्न र आर्थीक रुपमा कमजोर बिद्यार्थीहरुका लागि छात्रबृद्धी दिएको प्रालिका कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताए ।
व्याडमिन्टन खेलप्रति यहाँका खेलाडीहरुको रुची बढाउन र संस्थालाई समाज प्रति समाजिक लगानी गर्ने उदेश्यका साथ उक्त प्रतियोगिता संचालन गर्न लागिएको जेवि मिडिया प्रालिका कार्यकारी निर्देशक झरेन्द्र ओलीले बताएका छन् ।
जिल्ला खेलुकद विकास समितिको प्राङ्गणमा संचालन भएको खेल ६ गते देखी १० गते सम्म भएको खेलमा रेडक्रसको टिम प्रथम र मालिका माबिको टिम दोस्रो भएको आयोजकले जनाएको छ । खेलमा प्रथम हुने रेडक्रस बाजुराका टिममा रहेका रेडक्रसका मन्त्री रमबहादुर शाही र बडिमालिका नगरपालिका वडा न ८ का वडा अध्यक्ष प्रकाश रावललाई २० हजार र द्धित्तिय हुने मालिका माबिका शेर बहादुर रौले जनक जैशीलाई १२ हजार बरावरको पुरस्कार राशी उपलव्ध गराएको आयोजकले बताएको छ । जेवि मिडियाले संचालन गरेको उक्त प्रतियोगितामा २० वटा टिम सहभागि भएका थिए ।
पाँच दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा प्रथम र द्धित्तिय हुने खेलाडीको टिमलाई आज एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको जेवि मिडियाले बताएको छ । जेवि मिडिया बाजुरामा स्थापनाकाल देखि नै आफ्नो आम्दानीको १० प्रतिशत लगानी वर्षेनी रचनात्मक कार्यमा खर्च गर्दै आईरहेको छ । बाजुरामा व्याडमिन्टन खेल प्रति पछिल्लो समयमा युवाहरुको आकर्षण बड्दै गएको पाईन्छ ।