• होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोना भाइरसले २५ को ज्यान लियो, १७७ गम्भीर बिरामी

कोरोना भाइरसले २५ को ज्यान लियो, १७७ गम्भीर बिरामी

  • शुक्रबार, माघ १०, २०७६
कोरोना भाइरसले  २५ को ज्यान लियो, १७७ गम्भीर बिरामी

कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। यो भाइरसका कारण यसअघि १९ को मृत्यु भएकोमा बढेर २५ पुगेको हो। कोरोना संक्रमणबारे शुक्रबार जानकारी दिँदै चिनियाँ अधिकारीहरूले २५ को ज्यान गएको र ८ सय ३० नागरिक यसबाट प्रभावित भएको जनाएका छन्। चीनको नेसनल हेल्थ कमिसनका अनुसार कारोना भाइरस संक्रमित १ सय ७७ जनाको अवस्था गम्भीर छ। संक्रमितमध्ये ३४ जना भने अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन्। ज्यान गुमाउने अधिकांश हुवेईका रहेको बीबीसीले जनाएको छ।

संक्रमण थप फैलने चिन्ता

कोरोना भाइरसले विश्वव्यापी रूप लिनसक्ने चिन्ता व्यक्त भइरहेका बेला यसको नियन्त्रण चीनका लागि टाउको दुखाइको विषय बन्दै जान थालेको छ। भाइरसको संक्रमण थप फैलन नदिन चीन सरकारले वुहानलगायतका क्षेत्रको हवाई र सवारी यातायात सञ्चालनमा रोक लगाएको छ।उसले नजिकिँदो नयाँ वर्षमा संक्रमित क्षेत्रका मानिसलाई घरबाट ननिस्कन र बाहिरका मानिसलाई संक्रमित क्षेत्र नजान भनेको छ यद्यपि, संक्रिमत राज्यमध्येको एक हुवेईका लाखौं मानिसहरू चिनियाँ नयाँ वर्ष मनाउन निस्किने तयारीमा जुटेको बीबीसीले जनाएको छ। बेइजिङ र हङकङले भने नयाँ वर्ष मनाउनका लागि तय गरिएका केही ठूला कार्यक्रमहरू रद्द गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार