बाजुरा ९ माघ– बडिमालिका नगरपालिका वडा न ९को आयोजना र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बाल मजदुर र छाउपडी अन्त्यका लागि गरेको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । देश भर छाउगोठ भत्काउने अभियान लाई मध्यनजर गर्दै सो कार्यक्रमको आयोजना गरिएको हो
जिल्लाभरी सो अभियान चलिरहेका बेला बडिमालिका नगरपालिका वडा न ९ ले पनी छाउपडी गोठ मुक्त अभियान अन्तरगत सो कार्यक्रम गरिएको बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद बिकले बताए । जिल्ला भरी सो अभियान चलाइरहदा वडा न ९ केही दिन भित्र छाउपडी गोठ मुक्त घोषणा गर्ने भएकाले गाउँमा रहेका केही मान्छेलाई जनचेतना दिने उदेश्यका साथ सो कार्यक्रम गरिएको बडिमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी बिन्दु बडालले बताईन । अहिले बडीमालिका ९ मा छाउपडि गोठको अवस्था शून्य रहेको छ । वडामा रहेका छाउपडी महिलाहरूले पछिल्लो समयमा छाउ भएको बेला गाई भैंसी दुहुने र परिवारसंगै खाना खाने अवस्थामा पुगेपछि बडीमालिका ९ लाई माघ महिनाभित्रै छाउपडी गोठमुक्त वडा घोषणा गरिने शाखा प्रमुख बडालले बताए । कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले गरेका थिए । कार्यक्रममा बाजुराका प्रहरी प्रमुख डिएसपी भट्टराईले कार्यक्रममा सहभागी वडाका धामी झाँक्री, महिला र वालवालिकालाई बाल मजदुर र छाउपडी कुप्रथाको बारेमा जनचेतना दिएका थिए ।
सोही कार्यक्रममा बाजुरामा भर्खैरै आउनु भएका डिएसपी टंकप्रसाद भट्टराईलाई एक कार्यक्रमका विच वडा अध्यक्ष बिनोद बिकले दोसल्ला ओडाएर डाइरी सहित सम्मानित गरिएको थियो । विहिबार बडीमालिका नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र वडा नंम्बर ९ को समन्वयमा बाल मजदुर र छाउपडी अन्त्यका लागि गरेको जनचेतनामुलक कार्यक्रममा डिएसपी भट्टराईलाई सम्मानित गरिएको हो ।
उक्त कार्यक्रममा महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाकि विन्दु बडाल, अधिवक्ता तुलाराम जोशी, सामुदायिक प्रहरी सेवा केन्दका अध्यक्ष काल्चे दमाई लगायत वडाका जनप्रतिनिधि, धामीझाँक्री, वालवालिका, महिला र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।