सुदुर पश्चिमका हरेक पर्यटकीय क्षेत्रहरु आझेलमा पर्दै आएका छन सुदुर पश्चिमको खप्तड,बडिमालीका बुढिनन्दा घोडाघोडी ताल, रामारोशन लगायत २ दर्जन भन्दा बढी सुदुर पश्चिम प्रदेशका पर्यटकिय क्षेत्रहरुको पर्यटन पर्बद्धन मात्र गर्ने हो भने नेपालको बिकट मानिने सदुरको मान्छेको आर्थीक बृद्धीदर भइ देशले राहत पाउनेमा यहाँका बिज्ञहरु बताउने गर्दछन । अछाममा रहेको रामारोशन बैजिनाथ नेपालकै एक मात्र धामको रुपमा चिनिने गर्दछ । बाजुरा बझाङ अछाम र डोटी जिल्लाको बिचमा पर्ने खप्तड बाबा पाटन, डोटी
संरक्षणको अभावमा तालहरुमा जंगली झार र बुट्ययनले ढाक्दै गएको छ । घरेलु चौपाया र जंगली जनावरले फोहोर गर्दा सु.प.मा रहेको बाजुरा जिल्लाकै ठुलो बुढीनन्दा तालको सौन्दर्य घट्दै गएको छ ।
फाइल तस्वीर
जिल्लालाई राम्रो आम्दानी दिन पर्यटनन विकास र स्थानीय श्रोेतको प्रयोग जरुरी भएपनि बाजुरामा भने पर्यटन विकासका लागि कुनै कार्यक्रम नहुँदा जिल्लावासी निराश भएका छन । जिल्लाका यी तालहरु अहिले वन्यजन्तुका लागि पानी पिउने र चराचुरुङगीको बासस्थानमात्र भएका छन् । त्रिवीणी, छेडेदह र बुढीनन्दा तालले प्राकृतिक स्वरुप गुमाउ“दै गएपछि चराचुरुङगीको वासस्थान पनि संकट परेको छ । जिल्लाका तालहरुको संरक्षणका लागि उद्योग वाणिज्य संघले पनि कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरिरहेका छन् । सुदुरपश्चिमकै चचिर्त ताल बुढीनन्दा पनि सरकारी निकायको बेवास्ताले यो तालको पहिचान नै संकटमा परेको छ । विश्वमै सर्वाधिक उचाईमा रहेको ताल तिलिचो । त्यस पछिको रेकर्डमा गनिन सक्ने ताल समेत नेपालमै छ भन्ने धेरैका लागि नौलो लाग्न सक्छ । तर, बाजुराको बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वकै दोस्रो उचाईमा भएर पनि ओझेलमा छ । हालसम्म धामिर्क आस्था र अपार प्राकृतिक सुन्दरताका दृिष्टले महत्वपूण मानिएको बुढीनन्दा क्षेत्रमा रहेको ताल विश्वमै दोस्रो उचाईमा रहेको तथ्य सार्वजनिक भएपछि यस क्षेत्रको महत्वलाइ कसैले चासो नराखेको पाइन्छ ।
बुढीनन्दा रहेको ताल मन्दिरसंगै चट्टानै–चट्टानको बीचमा ठूलो ताल छ । यस वरिपरि अन्य सात वटा ताल पनि छन् । मुख्य तालको उचाई ४ हजार ५ सय ८१ मिटर रहेको छ । तालको लम्वाई, चौडाई तथा गहिराई वारे आधिकारिक तथा विस्तृत अध्ययन भने भएको छैन् । ‘मुख्य तालको वरिपरि परिक्रमा गर्न करिब सवा २ घण्टा लाग्छ’, स्थानियवासी बताउछन । यो ताल ठुला पहाडहरु बिचमा गोलो आकारमा रहेको छ । बुढीनन्दाका प्राकृतिक सुन्दरताको अनुपम उदाहरण हाे । ‘लौरी बिनायक, खेतीबेती, बर माग्ने डाडो, गाई गोठ, धौली गाड, धन भडार, छाप्रे पाटन लगायतका मनमोहक स्थानहरु बुढीनन्दामा छन् । ‘बुढीनन्दा पुग्दा मन चङगा हुन्छ’, । प्रकृति प्रेमी हरेकले एक पटक बुढीनन्दा पुग्नैपर्ने स्थानिय बताउछन । त्यहा पुग्ने बाटोमा ठूल्ठूला झरनाहरु अनि पाटनहरुमा कैयौ प्रजातीका रङगीचङगी फुलहरुले संसारकै सुन्दर बगैचाहरुको झझल्को दिने बुढिनन्दा पुगेर फर्केकाहरु सुनाउ“छन् । बुढीनन्दा अवलोकनका लागि जाने सर्वोत्तम अवधि साउन–भदौ महिना हो । जनैपूण्ँिर्मामा त्यहा“ भब्य मेला लाग्दछ । कोल्टी गाविसमा पर्ने यो क्षेत्रमा पुग्न सदरमुकाम मार्तडीदेखि चार दिन पैदल हिड्नु पर्दछ । बुढीनन्दा भगवतीका नामले त्यस क्षेत्रको नामाकरण भएको किवदन्ती छ । प्राकृतिक सुन्दरता संगै आस्तिकहरुका लागि धरोहर पनि हो बुढीनन्दा । बुढीनन्दा ताल छेउमा भगवतीको मन्दिर छ । ‘यस बीचमा चट्टानै चट्टानमा हिड्नुपर्ने धामिर्क परम्परा छ’, । बुढीनन्दा पुग्न नेपालगञ्ज हुदै कोल्टीको हवाई यात्रा सहज छ । कोल्टीदेखि अढाई दिनमा पुगिन्छ । बाटोमा होटलहरुको ब्यबस्था नभएपनि गोठालाहरुले पर्यटक तथा दर्शनार्थीहरुको भब्य स्वागत सत्कार गर्ने गर्दछन् ।