
कैलाली: कैलालीमा आर्थिक अनियमितता गरेको भन्दै प्रधानाध्यापकलाई कालोमोसो दलिएको छ। जिल्लाको घोडाघोडी नगरपालिका– १ सुख्खडमा रहेको राष्ट्रिय माध्यामीक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीलाई कालोमोसो दलीएको हो।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको विप्लवका कार्यकर्ताले आइतबार दिउँसो कार्यालयमै गई उनलाई कालोमोसो दलेको बताइएको छ।
विद्यालयमा आर्थिक अनियमिता गरेको, प्रशासननिक हिसाबले विद्यालय पनि चलाउन नसक्ने र समयमै शिक्षकहरुलाई तलब समेत दिन नसकेको हुँदा आज दिउँसो करिब २ः३० बजेतिर प्रधानाध्यापकलाई कालोमोसो दलिएको जिल्ला सचिवले बताए।
