बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा नहरमा एक युवक मृत भेटिए

कञ्चनपुरमा नहरमा एक युवक मृत भेटिए

  • बिहिबार, मंसिर २६, २०७६
सेयर गर्नुहोस् :
कञ्चनपुरमा नहरमा एक युवक मृत भेटिए

कञ्चनपुरमा एक युवक मृत भेटिएका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर १० को सिसैया चौराह नजिकैको नहरमा अन्दाजी १९ वर्षका सन्तोश पन्त मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्र बहादुर चन्दले नहरमा युवकको शव भेटिएको बताए। उनले अहिले घटना स्थलमा प्रहरी टोली पुगेको बताउँदै घटनाको अनुसन्धान भईरहेको जानकारी दिए। युवकको ठेगना भने खुलेको छैन्।

चर्चामा

सम्बन्धित समाचार