बिहिबार, असार १८, २०८३
  • होमपेज
  • समाज
  • माथिल्लो डोल्पामा हिमपात, जनजीवन कष्टकर

माथिल्लो डोल्पामा हिमपात, जनजीवन कष्टकर

  • बिहिबार, मंसिर २६, २०७६
सेयर गर्नुहोस् :
माथिल्लो डोल्पामा हिमपात, जनजीवन कष्टकर

डोल्पा : माथिल्लो डोल्पामा हिमपात भएको छ । बुधबार राती परेको हिमपातले माथिल्लो डोल्पाको जनजीवन कष्टकर बनेको छ । मंसिरमै हिउँ परेपछि माथिल्लो डोल्पामा तपाक्रम माइनस १२ भन्दा बढी पुगेकाले चिसो अत्याधिक बढेको स्थानीय छिरिङफुर्वा लामाले जानकारी दिए । ‘चिसोले घरबाहिर जान समेत सकेका छैनौं, पानी समेत जमेको छ,’ लामाले भने ।

माथिल्लो डोल्पाको पूरै भू-भाग हिउँले सेताम्मे भएको छ । चौरी लिएर तल्लो डोल्पा आउने भोटवासी बाटैमा रहेकाले निकै अप्ठयारोमा परेको कुङ्गातावा लामाले बताए।

यस्तै छिमेकी जिल्ला हुम्लामा पनि बिहानैबाट हिमपात भएको छ। हिमपातले स्थानीयको जनजीवन प्रभावित भएको छ भने हवाई उडानमा समेत समस्या परेको छ।

हिउँ परेसँगै डोल्पाको सदरमुकाम दुनैमा समेत तापक्रम घटेको छ।आज दुनैको तापक्रम माइनस २ भन्दा कम छ । तल्लो डोल्पाका उच्च भू-भगमा समेत हिउँ परेको छ । मौसम परिवर्तनसँगै भारि हिमपात हुनसक्ने भएकाले चिसोबाट जोगिन वृद्धवद्धा र बालबालिकालाई झोलिलो खानेकुरा खानुका साथै चिसोबाट जोगिन घरमै बस्न चिकित्सकले आग्रह गरेका छन्।

हिमपातले चिसो बढेसँगै माथिल्लो डोल्पाका स्थानीय तल्लो डोल्पाका रिमी,काईगाउँ,पाहाडा, दुनैलागायतका गाउँमा झर्न थालेका छन् । मंसिरमा चिसो छल्न तल्लो डोल्पा आउने गरेका भोटवासी बैशाखमा मात्रै जाने गर्दछन्। हुम्लामा परेको हिमपात।

चर्चामा

सम्बन्धित समाचार