शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • खेलकुद
  • साइक्लिङ्‍मा नेपालका बुद्धि तामाङले जिते स्वर्ण, नेपालको स्वर्ण कीर्तिमान

साइक्लिङ्‍मा नेपालका बुद्धि तामाङले जिते स्वर्ण, नेपालको स्वर्ण कीर्तिमान

  • बिहिबार, मंसिर १९, २०७६
साइक्लिङ्‍मा नेपालका बुद्धि तामाङले जिते स्वर्ण, नेपालको स्वर्ण कीर्तिमान

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)  अन्तर्गत साइक्लिङ्‍को क्रस कन्ट्री पुरुषमा नेपालका बुद्धि बहादुर तामाङले स्वार्ण जितेका छन् ।

गोकर्णेश्वरस्थित राष्ट्रिय सहिद पार्कमा बिहीबार नेपालका बुद्धिबहादुर तामाङ स्वर्ण जित्न सफल भएका हुन् ।

क्रस ४ किमीको ४ ल्यापमा बुद्धिले १ घण्टा १९ मिनेट ०८ सेकेण्डको समय निकाल्दै स्वर्ण जित्न सफल भएका हुन् ।

यस्तै नेपालका राजिब राईले रजत र नेपालकै ओकेश राज बज्राचार्यले कास्य जितेका छन् । वुद्धिले स्वर्ण जितेसँगै नेपालले साग इतिहासको एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ ।

नेपालले साग इतिहासमा पहिलोपटक ३२ स्वर्ण जितेको हो । नेपालले यसअघि नेपालमै भएको आठौं सागमा सर्वाधिक ३१ स्वर्ण जितेको थियो  ।

साभार बाह्रखरी

चर्चामा

सम्बन्धित समाचार