शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकी दुई चेली १३ औँ दक्षिण एसियाली खेलकुद प्रतिस्पर्धामा

बाजुराकी दुई चेली १३ औँ दक्षिण एसियाली खेलकुद प्रतिस्पर्धामा

  • सोमवार, मंसिर १६, २०७६
बाजुराकी दुई चेली १३ औँ दक्षिण एसियाली खेलकुद प्रतिस्पर्धामा

प्रकाश सिंह
नेपालमा भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल बाट बाजुराकी दुई चेलीले भाग लिएकि छन् । बडिमालिका नगरपालिका ८ घर भएकि पुनम रावल र खप्तड छेडेदह गाँउपालिका २ कि रमा सिहंले दक्षिण एसियाली खेलकुदमा भाग लिएकि छन् ।
रमा र पुनम दुबै नेपाली सेनामा कार्यरत रहेकि छन् । पुनम रावल महिला ६४ केजी बक्सीङ्गमा प्रतिस्पर्धा गर्ने छन् भने रमा सिंह फेन्सीङ्ग खेलमा प्रतिस्पर्धा गर्ने भएकि छन् । दुबै जना पदक हात पार्ने दाँउमा छन् । पुनमले बडिमालिका खबर सँग भनिन्, आफ्नै देशमा भएको छ, पदक लिएर छोड्ने वताईन् ।


बाजुरा घर भएकि यी दुबैले अन्र्तराष्ट्रिय स्तरमा खेल्न बिदेशमा खेलि सकेकि छन् । रमाले वल्ड च्यान्पेन्सिङ्ग जर्मन र सिपु वपोन च्यान्पेसिङ्ग थाइल्यान्डमा गएर खेलिसकेको वताईन् । बिदेश खेल्दा भन्दा स्वदेशमा निकै साहस बढने गरेको छ, पदक जित्छ, आत्माबिश्वास रहेको रमाले वताईन् । त्यस्तै पुनम रावलले भारत, चिन, थाइल्यान्ड, इन्डोनेसिया भेतनाम गएर खेलिसकेकी छन् । भारतमा खेल्दा उनि तेस्रो भएकि थिईन् । ५ बर्ष देखी नेपाली सेनामा कार्यरत पुनम र रमा अमल्दार पदमा कार्यरत रहेकी छन् ।
बाजुरामा सामान्य परिवारमा जन्मेकी यी दुबै जनाले अन्तराष्ट्रिय स्तरको सहभागिताले बाजुराका महिला केही गर्न सक्छन्, भन्ने देखाएको बुढिन्नदा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मिले वताईन् । अबसर नपाएर पनि धेरै महिलाहरु पछाडी परेका छन्, यिनिहरुले त नेपाली सेना मार्फत अबसर पाएकाले यहाँ पुगेको अझै यस्ता धेरै प्रतिभा लुकेर बसेको उनले वताईन् । यिनिहरुको सहभागिताले महिलाले केही गर्नु हुदैन्, भन्ने रुढीवादीको पनि चिरफार भएको छ, अबसर भए महिला केही गर्न सक्ने देखाएको रेग्मीले थपिन् ।


२०७१ साल असोज २२ गते बाजुराको सदरमुकाम मार्तडीमा भर्ना छनौटमा सफल भएकि दुबै जना देश भित्र खेल्दा त्रिभुवन आर्मी कल्ब बाट खेल्ने गरेका छन् । पुनमले भनिन्, आर्थिक अबस्था निकै कमजोर थियो, जब सेनामा भर्ना भए तब खेलमा प्रगति भएर देश बिदेशमा खेल्न पाएको वताईन् । खेलको चाहाना थियो, जब सेनामा भर्ना भए तब आफ्नो ईच्छा पुरा भएको रमा सिंहले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार