सदरमुकाम मार्तडी बजारको हाटबजारदेखि डिआरमष्ट होटेलसम्म पक्की सडक निर्माण गर्न लागिएको छ । उक्त सडक निर्माण कार्य जारी छ । सडक निर्माणाधिन भएपनि अहिले सो बाटोमा मालबाहक तथा यात्रुबाहक सवारी साधन संचालन भैरहेका छन् । वर्षेनी हिलाम्मे हुने सडकमा अहिले आरसीसी गरी सडक पक्की गरिदैँछ । सडक आरुसीसी हुँदा पनि ढलान गरेको बाटोमै सवारी साधन चल्नाले सबै निर्माण गरिएको संरचना बिग्रिने भएकाले वडिमालिका नगरपलिकाले गाडी ओहोर दोहोर गर्न बन्द गर्ने निर्णय गरेको छ ।
सवारी संचालकलाई बिहीबारदेखि ७ दिनसम्मको म्याद दिएर सामान व्यवस्थापन गर्न लगाई ७ दिनपछि सडक पुर्ण रुपमा बन्द गर्ने नगरपलिकाले निर्णय गरेको हो । बिहीबारदेखि ७ दिनसम्म भने बिहान ७ बजेबाट साँझ ७ बजेसम्म गाडी संचालन गर्न पाइने तर साँझ ७ बजेबाट बिहान ७ बजेसम्म भने पुनः बाटो बन्द गर्ने र ७ दिनपछि १ महिना सम्मको लागि हाटबजारदेखि डिआरमष्ट होटेलसम्मको बाटो पुर्ण रुपमा बन्द गर्ने नगरपािलकाले जनाएको छ । आज वडिमालिका नगरपलिकामा जनप्रतिनिध, ठेकेदार, उद्योग वाणिन्य संघ, पत्रकार लगायतको सहभागितामा छलफल गरी उक्त निर्णय गरिएको नगरप्रमुख पदम बडुवालले बताउनुभयो ।
नगरपािलकाले सवारी साधन व्यवस्थापनका लागि ७ दिनको म्याद दिएको छ, ७ दिनसम्म गाडी दिउसो मात्रै ओहोर दोहोर गर्न पाइने छ । यदी कोही गाडी संचालनकले राती निर्माण गरिएको सडकमा ओहोर दोहोर गरेमा कारबाही गर्ने पनि आज बसेको बैठकले निर्णय गरेको छ । विकास गर्नका लागि सबैको सहकार्य आवश्यक पर्ने भएकाले दिगो विकासमा सहयोग पुर्याउन सबैलाई नगरप्रमुख पदम बडुवालले आग्रह पनि गर्नुभएको छ ।