• होमपेज
  • सुचना प्रबिधी
  • स्वास्थ्य सम्बन्धी संचारकर्मीहरुसंग अन्तरक्रिया

स्वास्थ्य सम्बन्धी संचारकर्मीहरुसंग अन्तरक्रिया

  • सोमवार, मंसिर ९, २०७६
स्वास्थ्य सम्बन्धी संचारकर्मीहरुसंग अन्तरक्रिया

संगीता तिमिल्सेना
स्वास्थ्य सम्बन्धी संचारकर्मीहरुसंग छलफल गरिएको छ । सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा बाजुरा जिल्ला स्थित सम्पुर्ण संचारकर्मीहरुसंग स्वास्थ्य के हो ? र जिल्ला स्वास्थ्य कार्यालय बाजुराद्धारा यो वर्षमा के–के कार्यक्रम संचालन गरिने सोको बारेमा आज एक औपचारिक कार्यक्रमको आयोजनामा गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख हेमराज जोशीले बताउनुभएको छ ।
कार्यक्रममा संचरकर्मीलार्ई निमित्त कार्यालय प्रमुख जोशीले स्वास्थ्य, स्वास्थ्य सेवा, स्वास्थ्य क्षेत्रका मुद्दा, स्वास्थ्य कार्यालयको भुमिका, स्वास्थ्य क्षेत्रका विषयवस्तुको र आर्थिक वर्ष २०७६÷७७ मा बाजुरा जिल्लामा संचालन हुने कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । साथै कार्यक्रममा स्वास्थय कार्यालय बाजुराका निमित्त प्रमुख जोशीले आगामी दिनमा बाजुरा जिल्लाका संचारकर्मीलाई स्वास्थ्य क्षेत्रका विषयमा आ आफ्ना संचारमाध्यामबाट सहयोग गर्न पनि अपिल गर्नुभएको छ ।
कार्यक्रम समापन गर्नुहुँदै पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाश सिंहले बाजुरा जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि विगतका दिनहरुमा पनि ठुलो योगदान रहेको र आगामी दिनमा पनि सधैं सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ । पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष प्रकाश सिंहको अध्यक्षतामा संचालन भउको अन्तरिक्रया कार्यक्रममा जिल्ला स्थित सम्पुर्ण संचारकर्मीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सिनियर अहेव रामचन्द्र यादवले गर्नुभएको थियो ।

चर्चामा

सम्बन्धित समाचार