• होमपेज
  • समाज
  • गरिबिले एउटै घरमा १६ दलित परिवारका ७९ जना बसोवास

गरिबिले एउटै घरमा १६ दलित परिवारका ७९ जना बसोवास

  • शुक्रबार, मंसिर ६, २०७६
गरिबिले एउटै घरमा १६ दलित परिवारका ७९ जना बसोवास

प्रकाश सिंह
सामान्य तया पहाडी क्षेत्रमा एउटा घरमा एक परीवार बस्छन । धेरै बसेमा ठुलो घरमा दुई तिन परीवार बस्छन् । तर तपाईलाई भन्दा बिश्वास नलाग्न सक्छ । गरिबिले बझाङ जिल्लाको छविस पाथिभरा गाँउपालिका ६ उदयपुरमा एउटा घरमा पुस्तौ देखि १६ दलित परिवार बसोवास गर्ने गरेका छन् ।
खरले छाएको एउटा घरमा ५ ढोका रहेका छन् । ढोका भित्र एउटामा तल, बिच र माथि गरेर तिन वटा गरि १५ कोठा रहेको दिनेश दमाईले वताएका छन् । घर भित्र १५ कोठा रहेका छन्, सबै गरेर ७९ जना बसोवास गर्ने गरेको उनले वताए ।
गरिबि र आर्थिक अभाब कमजोर भएकाले एउटै घरको छानामा धेरै बस्ने गरेको अमिता दमाईले वताएकि छन् । माथिल्लो क्षेत्रि जातिले पहिला सानो जग्गा दिएको थियो, त्यहि जग्गा घर लगाएर बस्दै आएको अमिताले वताईन् । घर लगाएको जग्गा भन्दा बाहिर सबै अरुको जग्गा भएकाले शौचालय पनि बाटोमा लगाएको अमिताले वताईन् ।
घरपनि पुरानो र जिर्ण अबस्थामा छ । सानो कोठमा एउटै परीवार मात्र बस्ने गरेको घरमा बस्दै आएका नवराज दमाईले वताए । उनले भने “कोठा पनि सानै छन्, बस्नलाई त सारै ग्राहो भएको छ । घर जिर्ण भएकाले कुन दिन भत्कने हो चिन्ता भएको बताए ।
स्थानिय दिनेश दमाईले भने ‘यी परीवार पूस्तौ देखी यसरी बस्दै आएको जनाए । पहिला त कम परीवार मात्र थिए । अहिले बढदै जादा १६ परीवार पुगेको बताए’ । “अन्यत्र घर लगाउने जग्गा छ न जग्गा किन्ने पैशा नै बाध्य भएर यसै घरमा बस्दै आएको छौ,” दिनेशले भने । घरमा सधै झै झगडा समेत हुने गरेका छन् । एउटा परीवारका कम्तिमा पनि ४ जना भन्दा बढि छन् ।
मानव अधिकारवादी संस्था फियान नेपालमा कार्यरत बिनोद पाण्डेले भने ‘यति परीवार बसेको आफुले पहिलो चोटि सुनेको बताए । यो एउटा अपवाद भएको जनाए’ । ‘पहाडी जिल्लामा यसरी एउटै घरमा यति परीवार बसेको पहिलो रेकर्ड भएको हुन सक्ने बताए । १६ परीवारका अलग अलग घर भए एउटा गाँउ नै बन्छ, पाण्डेले भने । उनिहरुको अबस्था हेर्दा निकै नाजुक रहेको देखिन्छ, बालवालिका र महिला पनि कुपोषित बाट ग्रसित बन्दै गएको पाण्डेले वताए ।
सानो घर मात्र भएका १६ परिवार अहिले साहुका काम गरेर खाने गरेका छन् । दमाई जाति भएकाले माथिल्लो जातिको लुगा सिलाउने काम गरेर गुजेरा गर्ने गरेका छन् । सबै काम गरिदिनु पर्छ, त्यहि अन्न पाकेको बेला थोरै दिने गरेको ईशरा दमाईले वताएका छन् । घरवरीपरि जग्गा नभएकाले फोहोर फाल्न पनि समस्या भएको छ । जग्गा नभएकाले १६ परिवार खानेपानिको धारो पनि अरु ठाँउमा रहेको छ । घर नजिक धारा बनाउने जग्गा नभएकाले टाढा धारा बनाइएका स्थानियले वताए । यो ठाँउ चैनपुर बाट गाडिमा एक दिनको दुरीमा पर्ने रहेको छ । समुदायले खाद्य अधिकार समुह गठन गरि पुर्नस्थापनाका लागि राज्य सँग माग गर्दै आउको लोेकेश दमाइले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार