मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • सल्लेनाका गाउँमा विजुली झिलिमिली ।

सल्लेनाका गाउँमा विजुली झिलिमिली ।

  • सोमवार, मंसिर २, २०७६
सल्लेनाका गाउँमा विजुली झिलिमिली ।

बडिमालिका समाचार

बाजुरा २ म‌‌सिर । झरोको उज्यालोमा रात काट्न बाध्य बडिमालिका नगरपालिका १ सल्लेनामा विद्युत सेवा सञ्चालन गरिएको छ । विद्युत जडान प्रक्रिया थालनीको २५ वर्षपछि गाउँमा विद्युत जल्न थालेपछि स्थानीय खुसी भएका छन् । साविक जुगाडा गाविसका ४ नम्बर वडा रहेको पीनालेखमा २०५१ सालमा विद्युत सेवा सञ्चालन भएपनि सोही वडाको सेल्लना गाउँमा २५ वर्ष पछि विजुली जल्न सुरु भएको वडा अध्यक्ष रामबहादुर कार्कीले बताएका छन् ।
विद्युत जडानका लागि थुप्रै प्रयास भएपनि प्रक्रिया थालनीको २५ वर्षपछि विद्युत सेवा सञ्चालन गरिएको वडा अध्यक्ष कार्कीले बताउनुभयो । विद्युत जडानपछि गाउँ नै झीलिमिली भएपछि नगर बासी भएको अनुूति भएको वडाका अगुवा गोपाल कार्कीले प्रतिक्रिया दिनुभयो । विद्युत सञ्चालनको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति कविराज पण्डितले औपचारिक उद्घाटन गनूृभएको हो । बडिमालिका नगरपालिका १ नम्बर वडा कार्यालयले आयोजना गरेको कार्यक्रमका बीच पण्डितले विजुलीसँगै कुटानी पीसानी मिलको पनि उद्घाटन गरेका हुन् ।
गाउँमा विजुली पुगेसँगै स्थानिय ९० बढी परिवारका घरघरमा उज्यालो जल्न थालेको छ । मार्तडी र छिमेकी गाउँको उज्यालो हेरेर नै चित्त बुझाउनु पर्ने र झरोको भरमा रात बिताउनु पर्ने बाध्यता हटेकोमा स्थानीय कृष्ण कार्कीले खुसी व्यक्त गनुृभयो । गाउँमा विद्युत पुगेपछि स्थानीयले उद्घाटन कार्यक्रममा सहभागिलाई भव्य स्वागत गरेका थिए । वडा अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापति कविराज पण्डित रहनु भएको थियो । कार्यक्रममा पण्डितले मार्तडी र छिमेकी गाउँको तुलनामा धेरै ढिला विजुली जडानमा विभिन्न समस्या देखिएपनि विजुली सञ्चालन पछि भरपुर उपयोग गरेर विद्युतलाई आयआर्जन र केही उद्यम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा विशिष्ठ अतिथि एवं काँग्रेस महासमिति सदस्य तथा नेपाल महिला संघका केन्द्रीय सदस्य जुना दानीले विद्युतले नयाँ प्रविधि र ज्ञान सिप आर्जनमा सहयोग पुग्ने भएको भन्दै सल्लेना बासीको पहिलो माग पुरा गर्न पाएकोमा खुसी लागेको बताउनु भएको छ । कार्यक्रममा नगर प्रमुख पदम बडुवालले नगर भित्र रहेका ३१२९ घर परिवार मध्ये विजुली जडान हुन बाँकी सल्लेना ९० परिवारमा उज्यालो पुगेपछि सिंगो बडिमालिका उज्यालो युत्तः नगरपालिका बनेको बताउनुभएको छ ।
कार्यक्रममा उपप्रमुख कविता विष्टले सल्लेनामा सडक पुर्याएको केही समयमै विद्युत जडान गरिएको भन्दै केही समयमै पानीपनि पुर्याउने तयारी भईरहेको बताउनुभयो । त्यसैगरी बडिमालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले सल्लेना पछाडि परेको क्षेत्र भएकै कारण नगरकै पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको थियो । वडा कार्यालय सचिव मदन दानीले सञ्चालन गर्नु भएको कार्यक्रममा विद्युत प्राविधिकरण अछाम शाखा प्रमुख विजयराज जोशी र बाजुरा शाखा प्रमुख महेश चन्द्र भट्टले ठेकेदारकै कारण ढिलाई भएको बताउँदै विद्युत निरन्तरताका लागि सक्दो सहयोग गर्ने बताउनुभएको छ ।
प्राविधिकरण शाखा प्रमुख तथा त्रिवेणी साना जलविद्युत कार्यालयका प्रतिनिधीलाई वडा बासीले फूल माला अविरले स्वागत गरेका छन् । कृष्ण कार्कीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा पत्रकार कृष्ण ओलीले गाउँमा सडक र विजुली पुगेसँगै पानीको पनि व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । विद्युत जडानसँगै स्थानीयले उज्यालो मात्र पाएका छैनन्, उनीहरुले गाउँमै कुटानी पीसानी मिल पनि सञ्चालन गरेका छन् । घण्टौं हिँडेर अन्न पीस्न आउनु पर्ने बाध्यता पनि आजैबाट सल्लेना बासीका लागि हटेको छ ।

चर्चामा

सम्बन्धित समाचार