• होमपेज
  • समाज
  • नेपाल भोटे जनजाती सेवा समितिको केन्द्रीय अधिबेशन सुरु

नेपाल भोटे जनजाती सेवा समितिको केन्द्रीय अधिबेशन सुरु

  • शनिबार, कार्तिक ३०, २०७६
नेपाल भोटे जनजाती सेवा समितिको केन्द्रीय अधिबेशन सुरु

बाजुरा ३० कात्तिक– नेपाल भोटे जनजाती सेवा समितिको केन्द्रीय अधिबेशन बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा सुरु भएको छ । नेपाल भोटे जनजाती सेवा समितिले २०५७ सालमा स्थापना गरेको समितिको ११ ओँ साधारण सभा तथा ५ औ केन्द्रीय अधिबेशन मार्तडीमा सुरु गरिएको हो ।


मौलीक भाषा, धर्म, सस्कृती,संस्कार तथा प्रम्पराको सम्बद्धन गरौ युगानुकुल, समतामुलक सुशिक्षीत समाजको निर्माण गरौ भन्ने मुल नाराका साथ सदरमुकाम मार्तडीमा अधिबेशन सुरु गरिएको नेपाल भोटे जनजाती सेवा समितिका सचिव दावा बोगटीले बताएका छन् । नेपाल भोटे जनजाती सेवा समिति केन्द्रीय अध्यक्ष बुद्धी बोगटीको अध्यक्षतामा संचालन भएको अधिबेशनको प्रमुख अतिथि जनजाती महाँसंघका संस्थापक महाँसिचब तथा संबिधान सभा सदस्य सुरेश आले मगर रहेका छन् । त्यसै गरि बिषिष्ठ अतिथिमा संबिधान सभा सदस्य पेम्बा गुरुङ भोटे बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट गैसस महासघका केन्द्रीय सदस्य काशि बिक बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष लगायत बिभिन्न ब्यक्तित्व रहेका थिए भने कार्यक्रमको संचालन समितिका सचिव दावा गुरुङले गरेका थिए । संस्थाको शुभकामना मन्त्ब्य समितिका संस्थापक अध्यक्ष गम्बुसिह गुरुगले गरेको आयोजकले बताएको छ । २ दिन सम्म संचालन हुने अधिबेशनले नया नृतित्व समेत चयन गरिने भएकाे छ ।


नेपाल सरकारले सुचिकृत गरेका बिभिन्न जातहरु मध्य भोटेजनजातिहरु पनि एक हो। उनिहरु आफ्नो साँस्कृति भेस भुसा जोगाउँन र अरु जनजातीहरु जस्तै अधिकार प्राप्तीका लागि एक ठाउँमा उभिएका छन्। बिस बर्ष पहिले दर्ता भई नेपाल जनजाती महासंघमा दताई भई देशका चार जिल्लामा आफ्नो शाखा निर्माण गरी रहेको नेपाल भोडेजनजाती सेवा संघ केन्दीय कार्यालय बाजुराको सदरमुकाम मार्तडीमा ११ औ साधारण सभा तथा पाँचौ अधिबेषन गर्न जम्मा भएका छन्।
हिमाली क्षेत्र अर्थिात भोटमा बस्ने जातीहरुको आफ्नै पहिचान र लवाई खवाई र लहन सहन रहेको छ। नेपालको कर्णली प्रदेश र सूदुर पश्चिम प्रदेशको हिमाली क्षेत्रमा बाक्लो उपस्थीती भएको यो जनातले भेडा, गदाह र घोडा पालेर त्यसै बाट आफ्नो दैनिकी चलाउँदै आएका छन्। पछिल्लो समय सामुदायीक बनका कारण भेडा पालन गर्ने ब्यबसाय धरासाही बन्दा आफुहरुलाई समस्या भएको र आफ्नो अधिकारका लागि लड्न पनि एक ठाउँमा आउँनु परेको उनिहरु बताउँने गर्दछन्।

चर्चामा

सम्बन्धित समाचार