
सेतो गुराँस राष्ट्रिय वालविकास सेवा र र सेतो गुराँस वालविकास सेवा बाजुरा द्धारा परियोजनाको बारेमा जानकारी गराएको छ । नेपाल सिमाकृन्त समुदायका बालविकास लागि प्रारम्भिक बालविकास अबसरको सवलिकरण कार्यक्रमको बारेमा सरोकारवाल सँग जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन सेतो गुराँस वालविकास सेवा बाजुराकि कार्यक्रम प्रबन्ध देबु खातिले गरेकि थिइन भने सञ्चालन सेतो गुराँस राष्ट्रिय वालविकास सेवाकि भिमाराइले गरेकि थिइन् । युनिसेफको सहयोगमा सञ्चालन हुने कार्यक्रम बाजुरामा १८ महिनाको लाथि थप भएको जानकारी गराएकि थिईन् । ५ बर्ष मुनिका वालवालिकालाई लक्षित गरि सञ्चालन हुने कार्यक्रम बाजुराका स्वामिकार्तिक खापर गाँउपालिका बाहेक ८ स्थानिय सञ्चालन हुने जनाईएको छ ।
जिल्लामा १ सय ३७ वटा वालविकास केन्द्रमा काम गर्ने जसमा २ हजार ७ सय ४० जना वालवालिका लाभान्ति हुने आयोजकले जनाएको छ । साथै स्थानिय सरकारको लागानिमा बृद्धि गर्ने लक्ष्य रहेको सेतो गुराँसले वताएको छ । साथै बाजुरामा २५ वटा वालविकास केन्द्रलाइ नमुना बनाउने लक्ष्य रहेको छ । कार्यक्रमको अध्यक्षता सेतो गुराँस वालविकास केन्द्र बाजुराका अध्यक्ष नन्द बहादुर थापाले गरेका थिए, भने प्रमुख अतिथि हिमाली गाँउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल रहेका थिए ।
