• होमपेज
  • समाज
  • छोरी भएसी मरोस भनेर सिस्नुघारीमा फाल्यौ भोलीपल्टसम्म जिउदै रहिछ’ ‍‌(भिडियाे सहित)

छोरी भएसी मरोस भनेर सिस्नुघारीमा फाल्यौ भोलीपल्टसम्म जिउदै रहिछ’ ‍‌(भिडियाे सहित)

  • बिहिबार, कार्तिक २१, २०७६
छोरी भएसी मरोस भनेर सिस्नुघारीमा फाल्यौ भोलीपल्टसम्म जिउदै रहिछ’ ‍‌(भिडियाे सहित)

प्रकाश सिह
बुढिन्नदा नगरपालिका १० पाण्डुसेन बस्ने ५४ बर्षिय बिस्ना गुरुङ्गले १५ वटा बच्चा जन्माईन् । ८ वटा बच्चा जिबितै रहेका छन् भने ७ वटा मरिसकेका छन् । उनले धेरै छोरी जन्माइन्, एकपटक त छोरी जन्मेको भन्दै बाटोमा जन्मदा सिस्नो झारीमा फालेको वताईन् । अहिले सिस्नो झारीमा फालेकी कक्षा १० मा अध्यनरत छन् ।
बिस्ना भन्छन्, एक पटक औल झर्दा बाटोमा छोरी पाएँ । पाउने वित्तिकै श्रीमान र म भएर छोरीलाई नजिकैको सिस्नो घारिमा लगरे फाल्यौ । धेरै बच्चा भए मरे मरोस भनेर फाल्यौ । ८ घण्टा पछी भिउपानीकी मेरी बौरानी (भाइकी श्रीमती) ले घारीबाट टिपेर ल्याइन् । बाहिर हिउँ परिरेहको थियो । उ रुदै थिइ । बौरानीले रिसाउँदै, जन्मिसकेपछि किन फालेको ? जस्तो भएपनि पाल्नु पर्छ भनिन । अनि हिउँ पुछपाछ गरेर पाल्यौ । अहिले ठुली भएकी छे । कक्षा १० मा पढ्छ, बिस्नाले भनिन् ।
एकातिर धेरै बच्चा पाँउनु अर्कोतिर छोरी जन्मीदा यस्तो गरेको बिस्ना बताँउछन् । बच्चा धेरै पाँउदा धेरै दुख भयो । हिउँदमा औलतिर, बर्षा हिमालतिर जानुपर्छ । आफनो घर, जग्गा छैन । कति बेला त बाटोमा हिड्दा, हिड्दै बच्चा पाएँ । खान समेत राम्रो पाइदैन थियो । धेरै रगत बग्थ्यो । कहिले काहँी त बच्चा पाएकै बेला पनि हिडनु पथ्र्यो । बाटोमै बच्चा पाएको बताईन् ।
बच्चा पाँउदा कहिले स्वास्थ्य (चौकी) मा बच्चा पाएन । त्यो बेला शरिरमा अप्ठयारो त पर्यो । चेक छैन, जाचँ छैन । बच्चा पाउने बित्तीकै हिड्यो । आफनो घर पनि थिएन । चिसोले होला बच्चा जन्मदै मर्दै गरे । जेठो बच्चा बाँच्यो । उ पछाडीका लगातार ६ वटा मरे । पछि श्रीमान पनि बिते । स्वाथ्यमा समस्या भएर पनी के गर्नु र ? हामीसंग पैसा हुन्न । धेरै रगत बगेपछि चेक गर्न जान्र्छौ । समस्या पहिला निकै भयो, अहिले नि छ । एक दिनमा एक बच्चालाइ ५० रुपैया चाहिन्छ । मेरा त धेरै बच्चा छन् । हामीलाइ साहै्र समस्या छ । श्रीमान पनी बिते । बुढेसकाल लाग्यो । जग्गा जमिन थोरै छ । ५० वटा भेडा छन् । त्यहि भेडा बिक्रि गरेर परिवार पाल्ने सोचमा छु ।
अहिले पनि समाजमा छोरी भन्ने बितिकै अपेहलना गर्ने गरेका छन् । छोरी जन्मदा भुण्र पहिचान गरेर पनि हत्या गर्ने गरेको स्वास्थ्यकर्मी बताँउछन् । गैरकानुनी रुपमा धनगढी भारत तिर गर्ने गरेका छन् ।
https://www.youtube.com/watch?v=ocFwYq3UBQY

चर्चामा

सम्बन्धित समाचार